Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कुमारी बेैँक लिमिटेडकाे नक्कली जग्गा प्रकरणकाे घतलाग्दाे प्रमाण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 23, 2021
105 shares

काठमाडौं । कुमारी बैंक लिमिटेडको नक्कली जग्गा प्रकरण अहिले चर्चामा छन् । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कामु सीईओ अनुजमणि तिमल्सिनालाई यही विषयले समाजमा नाक देखाउन मुस्किल भएको छ ।
तर अनुसन्धानमा खटिएका अधिकारीहरुले अर्कै कुरा भेटेपछि अनुसन्धान नयाँ शीराबाट सुरु भएको छ । बैंकको न्युरोड शाखाले नक्कली जग्गा धितोमा राखेर१९ करोड रुपैयाँ लगानी गरेको थियो ।

बैंकका सीईओ तिमल्सिनाले नक्कली धनीपुर्जाका आधारमा ऋण प्रबाह भएको थाहा पाएपछि तत्काल ऋण असुली गरेर १९ करोड सर्वसाधारणको रुपैयाँ बचाएका हुन् । यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केन्द्रीय बैंकले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् ।

जनताको पैसा डुब्नु हुँदैन भन्ने कुरामा सचेत रहेका तिमल्सिना १९ करोड रुपैयाँ जोगाउन सफल भएका छन् । सर्वसाधारणको रकमबाट बैंकहरु चल्ने हुन् । पैसा नडुबोस् भनेर बैंकहरुले कर्जा दिंदा धितो सुरक्षण गर्ने हुन् । कर्जा उठ्न नसक्ने अवस्थामा बैंकले धितो लिलाम गरेर कर्जा असुल उपर गर्ने हो ।

तर धितो नै नक्कली भएकाले कुमारी बैंकको १९ करोड रुपैयाँ डुब्ने जोखिम थियो । उक्त रकम बैंकले जोगाएको हो ।
‘हामीले राष्ट्र बैंक वा सीईबीलाई जानकारी गराउनु पर्छ भनेर पहिले सोचेका थियौं, तर पहिले नै हल्ला हुँदा अर्को समस्या हुने थियो त्यसैले हामीले सतर्कता अपनायौं,’ बैंक श्रोतले भन्यो, ‘सबैभन्दा पहिले हामीले पैसा डुब्न दिएनौं त्यो हाम्रो कर्तव्य पनि हो, यहाँ गलत नियत भनेर शंका गर्ने ठाउँ नै छैन । सीईओले यसमा सचेतना पूर्वक कर्जा असुल गर्नुभएको छ ।’

गायक योगेश्वर अमात्यको उजुरीको आधारमा छानविन थालेको सीआईबीले अहिले ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा बैंकको बारा शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी बन्ने एसके महर्जन, मुक्तिलाल गौतम र विचौलिया कुसुम प्रधान छन् ।

कुमारी बैंकले राष्ट्र बैंकलाई जानकारी नगराएको कारण कार्यवाहक सीईओको जिम्बेवारीमा रहेका तिमल्सिनाप्रति नै राष्ट्र बैंकले शंका गरेको थियो । तर यहाँ शंका गर्ने ठाउँ नै नरहेको बैंक बताउँछ ।
ऋण बैंकको न्यूरोड शाखाबाट प्रवाह भएको हो भने मूल्यांकनका लागि बाराको शाखाले काम गरेको थियो । सबै प्रक्रिया सकेर फाइल मात्रै केन्द्रीय कार्यालयमा पुग्ने भएकाले यहाँ शंका गर्ने ठाउँ नै नरहेको बैंक बताउँछ ।

‘कागजातहरु सबै तयार भएर आएका थिए, मालपोतबाट रोक्का भएको कागज समेत पेश भएको थियो,’ सीईओ तिमल्सिना भन्छन्, ‘सबै तल गएर हेर्ने कुरा आउँदैन, यहाँ कागजातहरु सबै हेर्दा ठिक थियो तर सबै नक्कली बनाएर ल्याएको रहेछ ।’ कारबाही हुनुपर्छ भन्ने पक्षमा अहिले बैंक पनि रहेको छ । तर कुर्सीमा बसेकै कारण कसैले गरेको बद्मासीको सजाय निर्दोष व्यक्ति वा संस्था हुन नहुने बैंकका अधिकारीहरु बताउँछन् ।

यो विषयमा अर्को रमाइलो कुरा त के छ भने कर्जाको सबै रकम गायक अमात्यको सिद्धार्थ बैंकमा रहेको खातामा जम्मा भएको छ । उक्त रकम अमात्यले बैंकलाई फिर्ता गरेका पनि छैनन् र नक्कली धनीपूर्जा बनाउने व्यक्तिलाई पनि दिएका छैनन् । प्रहरी श्रोतका अनुसार गायक अमात्य जतिबेला पनि पक्राउ गर्नेगरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved