Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सभापतिको लागि खोटाङमा कांग्रेसको दुई राईबिच प्रतिस्पर्धा , कस्ले मार्ला बाजि ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 23, 2021
99 shares

खोटाङ, नेपाली कांग्रेस खोटाङको जिल्ला कार्य समिति सभापतिमा सर्वधन राई र विष्णुकुमार राईको प्रतिस्पर्धा हुने भएको छ। सातौं जिल्ला अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मंगलवार सभापतिका उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेसँगै दुई राईविच प्रतिस्पर्धा हुने भएको हो।

पूर्वराज्यमन्त्री समेत रहेका सर्वधन केन्द्रमा शेरवहादुर देउवा निकट र पूर्व पार्टी सभापति तथा महासमिति सदस्य रहेका विष्णुकुमार केन्द्रमा रामचन्द्र पौडेल निकटका हुन्।

सर्वधन प्यानलको उपसभापतिमा मनोज तिम्सिना, राजन सैंजु सचिवमा रोजन राई रामकुमार राई ९साम्पाङ० सह–सचिवमा ध्यान बहादुर राई र राजुकमार राई छन्। यस्तै, विष्णुकुमार प्यानलको उपसभापतिमा इवन राई, तिर्थराज भट्टराई सचिवमा ज्ञानेन्द्र जोशी, समिर राई, सह–सचिवमा सार्जन राई र शालिकराम बन्जारा रहेका छन्।
पूर्वराज्यमन्त्री र पूर्व पार्टी सभापति जिल्ला सभापतिको प्रतिस्पर्धी बनेपछि अधिवेशन घम्साघम्सी हुने अनुमान गरिएको छ। दुवैजना प्रतिस्पर्धी आफ्नो पक्षमा चुनावी नतिजा पार्न कस्सिएर लागेका छन्।

निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ३० जनाको उम्मेद्वारी परेको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला महिलामा ८ जना, केन्द्रीय महाधिवेशन प्रतिनिधि खस आर्यमा ९ जना, केन्द्रीय महाधिवेशन प्रतिनिधि खस आर्य महिलामा २ जना, केन्द्रीय महाधिवेशन प्रतिनिधि आदिवासी जनजातीमा ११ जना, केन्द्रीय महाधिवेशन प्रतिनिधि आदिवासी जनजाती महिलामा ६ जना, केन्द्रीय महाधिवेशन प्रतिनिधि दलितमा २ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधि अल्पसंख्यक, अपांगमा ४ जनाको उम्मेद्वारी परेको छ।

महाधिवेशन प्रतिनिधि खुल्लामा १०, खुल्ला महिला ४, खस आर्य २, खस आर्य महिला १, आदिवासी जनजाती ३, आदिवासी जनजाती महिला ३, दलित १, अल्पसंख्यकवाट १ जनाको कोटा छ।
यस्तै, जिल्ला कार्य समिति खुल्लामा ९ जना, खस आर्यमा ७, खस आर्य महिलामा ३, आदिवासी जनजातीमा १०, आदिवासी जनजाती महिलामा ५, दलित र दलित महिलामा १र१ जना र अल्पसंख्यक अपांगमा २ जनाको उम्मेद्वारी परेको छ। जिल्ला कार्य समितिमा मेजर पोष्टका ७ वाहेक ३२ जना चुनिने छन्। यसैगरी, पालिका स्तरीय उम्मेद्वारको अन्तिम नामावली पनि प्रकाशन गरिएको छ।

केन्द्रीय निर्वाचन समितिले एक मात्र प्रतिनिधिसभा निर्वाभन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गतेलाई तोकेको भए पनि यहाँ भने तोकिएको मितिमा उम्मेद्वारी दर्ता र भोलीपल्ट अन्तिम नामावली प्रकाशन मात्रै भएको हो।

मतदान भने मंगलवार पनि नहुने भएकोे छ। आज मतदान हुन्छ की हुदैन भन्ने प्रश्नमा जिल्ला निर्वाचन समितिका एक पदाधिकारीले भने, ‘संम्भावना कम छ’ मतदान सरस्वती माध्यमिक विद्यालय दिक्तेलवजारमा हुने भनिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved