Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लालीगुराँस बहुउद्देश्यीय सहकारीका अधिकृत भण्डारीले सञ्चार माध्यमको ‘आवाज बन्द गर्न’ गरेको ‘दुष्प्रयास’ असफल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 23, 2021
290

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले सञ्चार माध्यमको ‘आवाज बन्द गर्न’ गरेको ‘दुष्प्रयास’ असफल भएको छ ।

दियो मिडिया प्रा.लीद्वारा प्रकाशित दियोपोस्ट डटकमले लिखित गाली बेइज्जती गरेको भन्दै उनले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दा खारेज भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पुर्णेश्वर प्रसाद उपाध्यायको एकल इजलाशले भण्डारीले दायर गरेको मुद्दामा ‘दाबी नपुग्ने’ फैसला गरेको हो ।

दियो मिडिया ‘प्रतिवादी’को तर्फबाट अधिवक्ता स्वागत नेपालले बहस गरेका थिए । यता श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था ‘वादी’को तर्फबाट भने नेपाल बार एशोशिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बहस गरेका थिए ।
भण्डारीले लिखित गाली बेइज्जती गरेको भन्दै दियोपोस्ट डटकमसहित प्रधानसम्पादक तथा अध्यक्ष सुदीप विश्वकर्मा र संवाददाता विष्णु विश्वकर्मा विरुद्ध २०७६ भदौ १ गते मुद्दा दायर गरेका थिए ।

दियोपोस्ट डटकमले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले गायक रामकृष्ण ढकाल र अभिभावक संघका अध्यक्ष केशव पुरी लगायतलाई ‘ठगी गरेको’ भन्दै समाचार प्रकाशन गरेको थियो ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सहकारी भित्र गरेको हिनामिनाको समाचार समेत प्रमाण सहित प्रकाशन भएको थियो । समाचार प्रकाशित भएपछि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो र राष्ट्र बैंक लगायत निकायले समेत छानबीन थालेको थियो । सत्ता र शक्तिको प्रभावमा छानबीन समेत प्रभावहिन हुँदै आएको थियो ।

दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीपक विश्वकर्मा

 

दियोपोस्टमा प्रकाशित समाचार हटाउन र समाचार रोक्न विभिन्न विचौलिया मार्फत भण्डारीले प्रयास गरेका थिए । उनले कतिपय ‘विचौलिया’ मार्फत ‘लेनदेन’को प्रस्ताव समेत पठाएका थिए । तर, दियोपोस्टले ‘समाचारको सौदाबाजी’ गर्नु अपराध हो भन्दै ती विचौलियाहरुले गरेको सबै प्रस्तावलाई अस्विकार गर्दै सहकारीबाट पीडित भएकाहरुले न्याय पाउनु पर्ने र संस्थागत सुशासनको सवाललाई प्राथामिकताको साथ निरन्तर उठाउँदै आएको थियो ।

भण्डारीले प्रेस काउन्सिल नेपाललाई समेत दुरुपयोग गरेर ‘गैरकानुनी पत्र काट्ने र इमेल नै गायब पार्ने’ गतिविधि गरेका थिए । दियोपोस्टले खण्डनलाई समेत स्थान दिए पनि काउन्सिलले ‘समाचार नलेख्न’ घुमाउरो पत्र नै काटेको थियो ।

काउन्सिलकै एक उच्च अधिकारीले समाचार हटाइदिन र बाँकी समाचार फलोअप नगरिदिन भन्दै दियोपोस्टका प्रधानसम्पादकलाई दबाव समेत दिएका थिए । उनीहरुको दबावका बाबजुत पनि दियोपोस्टले निरन्तर खबरदारी गरिहेको दियो । काउन्सिलले छलफल गराउने तयारी गर्र्दै गर्दा भण्डारीले २०७६ भदौ १ गते जिल्ला अदालत काठमाडौंमा लिखित गाली बेइज्जती गरेको भन्दै दियोपोस्ट विरुद्ध मुद्दा दायर गरेका थिए ।

 

२ वर्ष ३ महिनाको अवधिमा अधिवक्ता नेपालले दियोपोस्टको तर्फबाट पटक पटक बहस तथा पैरवी गरेका थिए । भण्डारीले दियोपोस्टमा प्रकाशित विभिन्न समाचारको शिर्षकसहित जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । ती सबै शिर्षकवाइज अधिवक्ता नेपालले कुशलतापूर्वक पैरवी गरेका थिए । Diyopost

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved