२९ वैशाख, खोटाङ ।
खोटाङमा अटो टेम्पु दुर्घटनामा १ जना बालकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
जिल्लाको जन्तेढुंगा गाउपालिका ५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको छ। उनको उपचारको लागि घोपा धरान ल्याउने क्रममा बेलुका ५ बजे बाटोमा नै मृत्यु भएको हो।
उक्त दुर्घटनाबाट घाइते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ वर्षीय जीवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६ वर्षीय मणिराम राई, सोही स्थानका ६५ वर्षीय रत्न बहादुर राई रहेका छन्।घाइतेमध्ये मणिराम राईको अवस्था सामान्य रहेकोले स्थानीय स्वास्थ्य केन्द्रमा नै उपचार भइरहेको र बाँकीलाई घोपा धरानतर्फ पठाइएको छ ।
मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकी चिसापानी आउने क्रममा लु.१स ०३५० नम्बरको अटोटेम्पु तारेभिरबाट अन्दाजी ५०० मिटर तल खसेको हो।घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारको लागि घोपा धरानतर्फ पठाइएको हो।
