Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधान्यायाधीश विरेद्दकाे आन्दाेलन काहाँ पुग्याे?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 23, 2021
[webverse_shares]

काठमाण्डौ । प्रधानन्यायाधीस चालेन्द्र समसेर राणाको राजिनामा माग्दै निरन्तर रुपमा विरोध कार्यक्रम गर्दै आएको नेपाल बार एसोसियन कुनै पनि अवस्थामा यो कार्यक्रम नरोकिने दाबी गर्दै छ । आफ्नो विरोध कार्यक्रमलाई जसरी भए पनि सफल पार्न नेपाल बार जुनसुकै धरातलमा झर्न समेत तयार देखिएको छ । त्यही भएर राज्यका महत्वपूर्ण तीन संवैधानिक निकाय बीच एकआपसमा बेमेल ल्याउने कार्य गर्नबाट समेत नेपाल बार हच्किएको छैन । सरकार र राजनीतिक दललाई प्रधानन्यायाधीस राणाविरुद्ध महाभियोग लगाउन उस्काउँदै आएको नेपाल बारले अब व्यवस्थापिकालाई समेत न्यायपालिकाको विषयमा हस्तक्षेप गर्न आग्रह गरेको छ ।

राज्यको मर्यादाक्रम अनुसार प्रधानन्यायाधीसभन्दा तल्लो वरियतामा आउने सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर नेपाल बारका पदाधिकारीहरुले राज्यको शक्ति सन्तुलन नै खल्बनाउने प्रयास गरेका छन् । त्यही कारण सोमबार प्रधानन्यायाधीस राणाको विरोधमा नेपाल बारले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र नै बुझाएका छन् । एउटा संवैधानिक निकायविरुद्ध अर्कोलाई उचाल्ने नेपाल बारको प्रयासलाई संविधानका जानकारहरु नै अशोभनीय कार्यका रुपमा अर्थाउन थालेका छन् । नेपाल बारका पदाधिकारीहरुसँगको भेटमा भने सभामुख सापकोटाले पनि दुई कदम अगाडि बढेर यस बिषयमा आफ्नो ध्यानाकर्षण भएको र राज्यका सबै अंगले आफ्नो गरिमा जोगाउनु पर्ने बताएका थिए ।

त्यस्तै बारको टोलीले नेकपा एमालेसमक्ष पनि ज्ञापन पत्र बुझाएको हो । सिंहदरबारमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बारले ज्ञापन पत्र बुझाएको हो । नेम्वाङले बारको आन्दोलनमाथि प्रहरी हस्तक्षेप भएकोमा आफूलाई दुख लागेको बताउँदै समस्या समाधानका लागि पार्टीको ध्यानाकर्षण गराउन पहल गर्ने आश्वासन दिए ।

त्यस्तै सोमबार नै बारले माओवादी केन्द्र समक्ष पनि ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै माओवादी प्रमुख सचेतक देव गुरुङले न्यायलयमा देखिएको समस्या छिटो भन्दा छिटो समाधान गदै निकास दिनुपर्ने बताए ।

संसदीय सुनुवाइ समितिका सभापति एवं लोसपा नेता लक्ष्मणलाल कर्णले त अर्को व्यक्ति नभएर बाध्यतावश चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीश बनाइएको बताएका छन् । ज्ञापनपत्र ग्रहण गर्दै कर्णले सर्वोच्च अदालत तत्कालिन समयमा नेतृत्व विहीन हुने अवस्थामा देखिएकाले सुनुवाई समितिले बाध्यतावश राणालाई अनुमोदन गरेको बताए ।

सोमबारको विरोध कार्यक्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश राणाले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गरेका छन् ।

आन्दोलन गरेको लामो समय भईसक्दासमेत आन्दोलनको स्वरुप परिवर्तन नहुनु र आन्दोलनमा होमिने कानुन ब्यवसायीको संख्या दिन दिनै घट्दै गएपछि बारको आन्दोलन त्यसै सेलाउने हो कि भन्ने आशंका गर्न उब्जिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved