Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रत्यक्ष राष्ट्रपति नि हुन सक्छ, प्रधानमन्त्री पनि हुनसक्छ : एकनाथ ढकाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 22, 2021
[webverse_shares]

Open photo

काठमाडौं । नेपाल परिवार दलका तस्रो राष्ट्रिय महाधिबेसन अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित गर्दै सम्पन्न भएको छ । शनिबार सुरु महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै आईतबार सकिएको छ । ‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ ।

महाधिबेसनले प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधान सुधार आयोग लगायतको बिषयलाई पारित गरेको छ । थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी संविधान सुधार सिफारिस आयोग गठन गनुपर्नेकुरालाई महाधिबेसनबाट पारित गरेको छ ।

अधिबेसनबाट बरिष्ट उपाध्यक्षमा विनोद डाँगी उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ महामन्त्री सन्तोष कुमार पौडेल महामन्त्रीमै प्रकाशबाबु थापा ५ जना सह–महामन्त्रीमा क्रमश संबिधासभा सदस्य मानानिय मिलन कुमारी राजवंशी,रुपसिँह भण्डारी,मनोज कुमार सुर्खेति,अब्दुल कैयुम शाह,अशोक कुमार चौधरी,कोषाध्यक्षमा गोविन्द नाथ मिश्र सहकोषाध्यक्षमा बुद्धि माया पुन मगर तथा केन्द्रीय सदस्यहरुमा मोहन लाल चदरा,टिका राज विश्वकर्मा ,खडग सिंह नागरि ,सन्त बहादुर परियार ,धर्म रोकाया, निला श्रेष्ठ,ममिता पुन ,नसिमा खान ,कल्पना बराल ,रिता महत्तो ,जानकी घिमिरे अर्याल,साबीत्री देवी बम,विष्णु कुमारी बिश्वकर्मा ,अम्बिका पराजुली ,कामना भुसाल ,मायादेवी कंडेल ,जानकी गुरुङ ,सिता ढकाल,निर्मला श्रेष्ठ ,बुद्धिमाया वाईवा ,मंजु थापा मगर,सुकमति राजबंशी ,लक्ष्मी बिक ,रुपा थापा,राजाराम श्रेष्ठ ,विष्णु कुमार श्रेष्ठ,पिया रत्न महर्जन,राम बहादुर लिम्बु,केशव श्रेष्ठ ,शिवकृष्ण श्रेष्ठ,डा देन्डी शेर्पा ,महेश कुमार श्रेष्ठ ,खिल बहादुर गुरुङ,जितेन्द्र श्रेष्ठ ,रामबाबु रानामगर,झबिन्द्र बहादुर पुनमगर ,हरि लोप्चन,सुक बहादुर गुरुङ,रामचन्द्र चौधरी ,सन्तोष दास,मनोज लाल कर्ण,धिरेन्द्र दास ,मोहमद मोइन उद्दिन ,राम बिश्वाश यादव ,श्याम चौधरी ,सालिकराम चौधरी,राघबेन्द्र कुमार श्रीबास्तव,शेभित मण्डल,गनु प्रसाद दास,किशोर यादव,चन्द्रसेन यादव ,पल्टन प्रसाद कुर्मी,लक्ष्मी प्रसाद भण्डारी,अधिबक्ता दयाराम कंडेल डा.मुनिराज क्षेत्री ,राम प्रसाद ज्ञवाली,रामचन्द्र देवकोटा,नबिन जैसी बजगाई,राजेश कुमार विष्टकाशीनाथ खनाल,डा.श्यामप्रसाद नेपाल, अनिल भण्डारी बावुराम शर्मा,विजयराज कट्टेल ,ऋषि भट्ट ,सन्त बहादुर पन्त प्रा.डा.तुलसी पाठक,टलक प्रसाद भट्ट, शंकर ढकाल प्रा. डा.श्रीराम प्रसाद उपाध्याय ,कृष्ण प्रसाद ढकाल ,शिब चन्द्र न्यौपाने ,ढुण्डीराम खनालपुस्कर थापा, शुशिल लामिछाने,हरि खत्री ,रबिन्द्र चौलागाईं ,लोक बहादुर गिरि ,इश्वर भट्ट ,लोकेन्द्र थापा ,लाल बिक्रम थापा ,धर्म प्रसाद ढकाल ,योगेन्द्र कार्की ,लेखनाथ सापकोटा बिनोद पहाडी लगायत रहेका छन् ।

यो सगै महाधिबेसनले एक अध्यक्ष २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्ष गरी जम्मा १०१ कार्यसमिति निबार्चित गरेको छ । नवनिर्वाचित अध्यक्ष ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई ’आर्थिक क्रान्तिको दशक’ घोषण गर्दै तराई मधेशका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्ने संविधान गतिशील दस्तावेज भएकाले समयानुकूल र जनआकांक्षा अनुरूप संशोधन गर्दै लैजानुपर्ने जोड दिएका छन् । महाधिवेशनले राजनीतिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । काठमाडौंमा भएको महाधिवेशन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

एमाले अध्यक्ष ओलीद्धारा सहकार्य गर्न परिवार दलसँग आवहाँन गर्नुभएको छ । महाधिबेसनमा सम्बोधन गदै परिवार दल बिकासप्रेमी र शान्तिबादी पार्टी भएकाले एमालेले बिगतमा पनि सहकार्य गरेको स्मरण गदै अगामी दिनमा पनि सहकार्य हुनेमा जोड दिए ।

थप उचाई र फराकीलो सोचका साथ सहकार्य गर्न आवहान गदै छोटो समयमा परिवार दलले देशब्यापी रुपमा संगठन बिस्तार गर्न सफल भएकोमा बधाई दिए । अध्यक्ष ओलीले अहिले न्यालयमा भईरहेको आन्दोलनको औचित्य नभएको पनि स्पष्ट पारे ।

नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले परिवार दलले मुल्य र मान्यताको राजनीतिक गर्ने पार्टी परिवार दलको भएको भन्दै परिवार दलले नेपाली राजनीतिकमा शान्तिको सन्देशको प्रबाह गरेको बताए ।

नेपाल परिवार दलका अध्यक्ष तथा पुर्वमन्त्री एकनाथ ढकालले सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ“ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय हाधिवेशन गर्न लागेको जानकारी दिए ।

नेपाली समाजमा ठुला–ठुला परिवर्तन भएपनि राजनीतिक संस्कार परिवर्तन हुन नसकेको उनको भनाई थियो । अध्यक्ष ढकालले अहिले नेतृत्व गरिरहेका दलका नेताहरु पुरानै सोचबाट विचलित भएको बताए । सत्ता परिर्वतनले दललाई मात्र फाइदा हुने र जनतालाई फाइदा नहुने भन्दै उने आफ्नो दलले संस्कार नै परिवर्तन निर्माण गर्नुपर्छ भनेर अगाडी बढेको बताए ।

ढकालले संविधानमा लेखिएको अनुसार दलहरु नगएको समेत आरोप लगाए । ढकालले नेपाल एक प्रकृतिको मात्र देश नभएको भन्दै सबैलाई समेट्न आफ्नो दल लागेको बताए । ढकालले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने निर्णय गरेको पनि सुनाए । उनले भने, ‘प्रत्यक्ष राष्ट्रपति नि हुन सक्छ, प्रधानमन्त्री पनि हुनसक्छ ।’

नवनिर्बाचित बरिष्ठ उपाध्यक्ष बिनोद डागीले निर्वाचनमा धेरै खर्च गर्न परिपाटी चलेको भन्दै अहिलेको निर्वाचन प्रणाली मा सुधार गर्नुपर्ने जोड दिए । महाधिबेशनमा १०० जना पर्यबेक्षक, छिमेकी मित्र राष्ट्रका ५ जना विशिष्ट अतिथि समेत गरि बंगलादेश, थाईल्याण्ड लगाएतका मित्र राष्ट्रका अतिथि पनि सहभागी रहेको थियो । त्यसैगरी चीन, अमेरिका, जापान, कोरिया, क्याम्बोडिया, पाकिस्तान, साउथ अमेरिका, युरोप, अफ्रिका र मध्यपुर्वका देशका विशिष्ट पाहुनाहरुले भिडियो मार्फत शुभकामना सन्देश दिएका थिए ।

अधिबेसनमा नेपालका पूर्व उपराष्टपति परमान्नद झा भारतीय जनता पार्टीका नेता नरेन्द्र कुमार चाउला, आम आदमी पार्टीका नेता तथा सांसद अजय दत्त प्रोफेसर महेन्द पी लामा ,नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह, समाजबादी पार्टी अध्यक्ष प्रेमबहादुर सिंह, लगायतले बोलका थिए ।

उद्धाटन सत्र बिभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने महाधिबेसनमा नेपालको सांस्कृतिक झल्कने भेष भूषमा महाधिबेसन प्रतिनिधीहरु सहभागि भएका थिए । शान्ति बल नेपालको पीस मार्च हेर्न लागयको थियो भने महाधिबेसनको उद्घाटन पानसमा दिप प्रज्पल गरेर गरिरहेको बेला बिभिन्न धार्मिक गुरुहरुले एउटै भाडोमा पानि खन्याएर एकता प्रस्तुत गरेका थिए भने बटुकहरु स्वथीबाचन गरेर अधिबेसन उद्धाटन गरिएको थियोे । कोरोना महामारीलाई ध्यान दिँदै मापदण्ड पालन गरेर भौतिक र अनलाइन दुवै तरिकाबाट महाधिवेशन सम्पन भएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved