Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माधव नेपालको नयापार्टीको लागि खाकातयार – नेपाल र गौतम अध्यक्षमा रहने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 12, 2021
9 shares

वैशाख २९, काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दलको खाका तयार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी बहुमतको गठबन्धन बन्ने निश्चित भएमा नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल निर्माण गर्ने खाका समेत तयार गरेका हुन् । त्यसका लागि उनले गठबन्धनमा आफ्नो निश्चित शर्त समेत प्रस्तुत गरेका छन् ।

नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेकपा समाजवादी हुनेछ । अध्यक्षमा माधवकुमार नेपाल र बामदेव गौतम रहनेछन् । वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् । दलको चुनाव चिन्ह सुर्य चिन्हभित्र पाँचवटा तारा राखेर मागिने तयारी भएको छ । जनताको बहुदलीय जनवाद नै पार्टीको सिद्धान्त रहनेछ ।

महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमध्ये दुईजनालाई राख्ने, उपमहासचिवमा गोकर्ण बिष्ट र योगेश भट्टराई रहने गरी तयारी भएको छ ।
७ उपाध्यक्ष र ७ सचिव रहने र अधिकांश युवाहरुलाई स्थान दिने तयारी भएको छ । महिलालाई पदाधिकारीमा बढी स्थान दिने गरी तयारी भएको बुझिएको छ ।

सम्भवतः माधव नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेको शर्तमा लिखित सहमति भएमा २० प्रत्यक्ष निर्वाचित सहित माधव नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल दर्ताको प्रक्रियामा भोलि नै जाने भएका छन् । शर्त बमोजिम २० जनाले राजीनामा दिएको स्थानमा तत्काल उपनिर्वाचन गरी उनीहरुलाई नै जिताउन गठबन्धन दलबाट उम्मेदवारी नहुने उल्लेख छ ।

माधव नेपालले एक वर्ष गठबन्धनबाट कुनै नेता प्रधानमन्त्री बनेमा चुनाव गर्दा ६ महिना आफू बन्न पाउनुपर्ने शर्त पनि सारेको बुझिएको छ । शर्त पूरा भएमा भोलि नै नेपाल अगाडि बढ्ने विश्वस्त स्रोतले जानकारी दिएको छ ।

नेकपा माओवादी केन्द्रबाट निष्काशित ४ प्रतिनिधि सभा सदस्य खाली रहेको सिटमा उपनिर्वाचन हुँदा सोही दलका उम्मेदवारलाई नै गठबन्धनले साझा उम्मेदवार बनाउने सहमतिको खाकामा उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा सोभन्दा बढी दलको बहुमतप्राप्त सरकार गठनको आव्हान गरेको समय सकिदै जाँदा ओलीविरोधी गठबन्धनमाथि दबाब बढ्दै गएको छ । ३० वैशाखको साँझ ९ बजेभित्र गठबन्धनबाट बहुमतको दाबी प्रस्तुत गरेर सरकार गठनमा नबढे ओली नै फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । त्यसपछि ओलीविरोधी गठबन्धनबाट सरकार बनाउने सम्भावनाको ढोका बन्द हुनसक्छ ।

रिपोर्टस नेपालबाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved