Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अदालत परिसरमा आन्दाेनरत कानुनविधकाे फुट्याे टाउकाे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 18, 2021
667

सर्वोच्च अदालत परिसरमा आज भएको बिरोध प्रदर्शनमा कानुन व्यवसायीहरु घाइते भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै आएको नेपाल बारले आयोजना गरेको कार्यक्रममा झडप हुँदा वकिलहरु घाइते भएका हुन् ।

प्रधानन्यायाधीश राणालाई अदालत प्रवेशमा रोक लगाउने भन्दै अघिल्लो सातादेखि बारले सर्वोच्चको मूल गेटमा धर्नाको कार्यक्रम राख्दै आएको छ । तर, सुरक्षाकर्मीले प्रधानन्यायाधीशलाई अदालतकै अर्को गेटबाट प्रवेश गराउँदै आएपछि आज वकिलहरु अर्को गेटमा जाँदा प्रहरीको आक्रमणमा परेको बताइन्छ ।

प्रहरीले बल प्रयोग गर्ने क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको मुडुलो टाउकोमा प्रहरीले लाठी बजारेको हो । त्यसैगरी सर्वोच्च अदालत बारका सचिव ऋषिराम घिमिरे पनि घाइते भएका छन् । घाइते भएका अन्य वकिलहरुमा प्रकाश महर्जन, रमण कार्की र कपिल पोखरेल समेत छन् ।

 

प्रहरीले शंकास्पद गतिबिधि गरेको अभियोगमा अन्य तीन जनालाई नियन्त्रणमा लिएको बताइन्छ । भर्खरै कानुन व्यवसायीहरु र भिजिलान्तेबीच सर्वोच्च बाहिर झडप भएको खबर छ ।

 

तोकिएको स्थानभन्दा अन्यत्र गएर बिरोध गर्ने, सुरक्षालाई चुनौती दिएपछि सामान्य बल प्रयोग गर्नुपरेको प्रहरीको दाबी छ । माइतीघरदेखि शुरु हुने रामशाहपथ क्षेत्र निषेधित क्षेत्र हुँदाहुँदै पनि वकिलहरुलाई धर्ना, जुलुश गर्न दिइएको तर आज सीमा नाघेपछि बल प्रयोग गरिएको एक जना प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

 

यसैबीच सर्वोच्च बाहिर झडप हुँदै गर्दा भित्र न्यायाधीशहरुको फुलकोर्ट बस्ने तयारी भइरहेको छ । हिजोमात्र न्यायाधीशहरुबीच सर्वोच्चको नियमावली संशोधनमा सहमति जुटेको छ । बताइएअनुसार गोलाप्रथाद्वारा इजलास तोक्ने व्यवस्थाको निम्ति नियमावली र कार्यविधि संशोधनमा सहमति जुटेको हो ।

 

आजको फुलकोर्टबाट उक्त सहमतिलाई स्वीकृत गरी राजपत्रमा प्रकाशनको निम्ति प्रक्रियामा पठाइने छ । त्यसपछि मुद्दाका पेसी गोलाप्रथाबाट मात्र तोकिने छ । पेसी तोक्ने प्रधान न्यायाधीशको विशेषाधिकार त्यहिँबाट अन्त्य हुने न्यायाधीशहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved