Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काँग्रेस अधिवेशनका लागि मेयरकाे पत्र, विद्यालय बन्दगरि ४ दिनकालागी सहयोग गर्नुस्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 17, 2021
255 shares

बैतडी । पार्टीको १४ औं जिल्ला अधिवेशनका लागि नेपाली कांग्रेस बैतडीले जिल्ला सदरमुकामका चार वटा विद्यालय बन्द गर्न पत्राचार गरेको छ । बिरेन्द्र माबि शाहीलेक, जगदम्बा माबि रानिबुंगा, दशरथचन्द माबि सुन्दरखाली र दशरथचन्द आधारभूत विद्यालय गढीलाई पत्राचार गर्दै काग्रेसले अधिवेशनका लागि चार दिन बन्द गर्न दबाब दिएको हो ।

दशरथ चन्द नगरपालिकाका मेयरसमेत रहेका कांग्रेस सभापति नरेन्द्रसिंह थापाले पत्राचार गर्दै मंसिर ४ गतेदेखि ७ गतेसम्म विद्यालय बन्द गरी भवन तथा डेस्क बेन्च सहयोग गर्न भनेका छन् ।

थापाले पार्टी र नगरपालिका दुबैका तर्फबाट विद्यालयहरुलाई पत्र लेखेको भेटिएको छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेका विद्यालयहरु केही समय अघि मात्रै खुलेको थिए ।
दशैं र तिहारमा फेरि बन्द भएका विद्यालयहरु पार्टीको कार्यक्रमका लागि ४ दिनसम्मै बन्द गर्ने भनिएपछि यसको चौतर्फी बिरोध भएको छ ।

अनेरास्वबियूका जिल्ला संयोजक सन्तोष रानाले राजनीतिक दलले पार्टीको कार्यक्रमका लागि चार चार दिनसम्म विद्यालय बन्द गर्नु निन्दनीय भएको बताए । अर्का विद्यार्थी नेता यज्ञ भट्टले नेपाली कांग्रेस बैतडी र दशरथचन्द नगरपालिकाको विद्यालय बन्द गर्ने निर्णय तत्काल फिर्ता गर्न चेतावनी दिएका छन् ।

निर्णय फिर्ता नगरिए ‘हातमा दही जमाएर’ नबस्ने भन्दै उनले विद्यालय बन्द गर्ने निर्णयको सशक्त प्रतिरोध गरिने बताए ।

विद्यालय बन्द गर्न पत्र आएपछि जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय एकाइसँग परामर्श लिने काम भइरहेको बिरेन्द्र माबि शाहीलेकका प्राचार्य कैलाश कनौजीयाले बताए । ‘प्रशासन र शिक्षा इकाईलाई के गर्ने भनेर सोधेका छौं,’ उनले भने– ‘प्रशासनबाट जे निर्देशन आउँछ त्यही गर्ने हो । simarekha.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved