Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जाँड रक्सिकाे बिज्ञापनगर्ने मिडियाहरुलाई कार्वाहि गरिन्छ:अध्यक्ष हुमागाईँ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 17, 2021
33 shares

काठमाण्डाै ।विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी जाँड–रक्सीलगायत वस्तुकाे विज्ञापन गर्ने सञ्चार माध्यमहरूलाई कारबाही गरिने बताएको छ ।

अध्यक्ष हुमागाईंले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यममा रक्सीलगायत वस्तुकाे विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई कानुनअनुसार कारबाही गरिने बताए।

आज बुधवार हामीसँगको कुराकानीमा उहाँले बोर्ड अहिले विज्ञापन प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दाताहरूलाई पत्राचार गर्ने तयारीमा रहेको समेत बताए । अध्यक्ष हुमागाईंले ऐनले रक्सी तथा सुर्तीलगायत पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताउँदै बिक्री वितरण र उत्पादनमा रोक नलगाएको बताए ।

उहाँले भन्नुभयो, ‘जनस्वास्थ्य सेवा ऐन २०७५ मदिरा, सुर्तीजन्य पदार्थहरूको विज्ञापन गर्न रोक लगाएको छ, विज्ञापनको उत्पादन, प्रसारण, वितरण र प्रकाशन गर्न रोक लगाएको छ र हामीले यही कात्तिक २५ गते त्यस्ता पदार्थहरूको विज्ञापन उत्पादन, प्रकाशन तथा प्रसारणको काम नगर्नू/नगराउनू भनेर एउटा विज्ञापन जारी गरेका छौँ र त्यसयता केही पत्रपत्रिकाहरूले विज्ञापन प्रकाशन/प्रसारण गरेका छन्, हामी ती प्रकाशन/प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई समेत पत्राचार गर्दैछौँ । यदि कुनै व्यक्ति वा संस्थाले विद्यमान कानुनको प्रतिकूल कुनै काम गर्छ भने त्यस्ता व्यक्ति वा संस्थालाई त्यही कानुन बमोजिम कारबाही हुन्छ ’

राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घले पनि सार्वजनिक सञ्चार माध्यम र पत्रपत्रिकामा रक्सीलगायत वस्तुको विज्ञापन प्रकाशन/प्रसारण गरेकोमा विरोध गरेको छ । राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घका अध्यक्ष शंकर अधिकारीले सार्वजनिक सञ्चार माध्यम र पत्रपत्रिकामा वर्जित विज्ञापन प्रकाशन रोक्ने काममा विज्ञापन बोर्ड विमुख हुन नमिल्ने बताउनुभयो । हामीसँगकाे कुराकानीमा उहाँले निजी क्षेत्रले सरकारले निकालेको सूचनालाई थ्रेट दिएर, अटेर गरेर रक्सीको विज्ञापन निकाल्दा प्रशासन, सरकार र विज्ञापन बोर्डले केही गर्न नसकेको आरोप लगाउनुभयो । अध्यक्ष अधिकारीले कानुनले वर्जित गरेका काम गर्नेहरूलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।

सङ्घका अध्यक्ष अधिकारीले विज्ञापन बोर्डले निकालेको विज्ञप्तिअनुसार निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको बताए। कानुनमा भएको कुरालाई हुबहु लागू गराउनुपर्ने दायित्व र जिम्मेवारीमा बसेकाहरूले बढी चासो दिनुपर्ने बताउँदै भएको कानुनलाई लागू गराउनुपर्ने बताए । अध्यक्ष अधिकारीले सार्वजनिक सञ्चार माध्यमहरूमा रक्सीलगायत कुनै वस्तुहरूकाे विज्ञापन गर्ने कुरा कुनै किसिमले उचित नहुने पनि बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved