काठमाडौ । बिगद लामो समयपछि भएको नेपाल बन्दमा हाल सरकार द्वारा गरियको पेट्रोलियम पदार्थ लगायत अन्य बस्तुहरुमा गरियको मूल्य बृद्धिको बिरोधमा विपलव माओवादी द्वारा गरिएको नेपाल बन्दमा आज सडकमा सामान्य देखियको छ।
बन्द गराउदै हिडेको विप्लवका कार्यकर्ताहरु देसको विभिन्न ठाउँमा केही पक्राउपरेको धटना बाहेक अहिले सम्म कुनै अप्रिय घटनाहरु नघटे पनि सडकमा सवारिको संख्या भने कम देखियको छ। उपतयका भित्रिने सवारिका यात्रुहरु बिहानको समयमा अलपत्रपरेपनि उपत्यकामा भाडाका सवारि साधनहरुको उपस्थिति न्यून देखखियको छ।
छिटफुट रुपमा चलेका केही सवारिहरुमा यातरुहरुको चाप देखियपनि ब्यक्तिगत सवारिहरुको भने बाकलो आवागमन देखिएको छ। बजारमा पसलहरु प्राय खुले पनि उपत्यकामा भने मानिसहरुको आवागमन उललेख्य देखिएको छ। बैक,सहकारि संस्था लगाएत सरकारि कार्यालयहरु पनि खुलेको छ पनि निर्वाद खुलेको छ। साथैशिक्षण संस्थाहरु प्राय बन्द गरिएको पाइएको छ।
राजनितिक हिसाबले अलग्गै मानिएको भक्तपुरमा भने शिक्षण संस्थाहरु तथा उध्योग धन्दाहरु निर्वादरुपले खुलेको छ। बिगदको बनदहरुमा समेत शिक्षण संस्था बन्द नगरिने उक्त जिल्लामा यो पटकको बन्दमा पनि खासै असर देखियको छैन ।
