भक्तपुर।भक्तपुरकाे चारदोबाटोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
वाग्मती प्रदेश ०३– ०२७ प २३२ ५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक सिन्धुपाल्चोक घर भइ हाल भक्तपुरको लोकन्थली बस्ने २९ वर्षका प्रदीप कार्कि हुन्। कार्किकाे मधयपुर अस्पताल भक्तपुरमा उपचारकै क्रममा मृत्यु भएको हो ।
