काठमाडौं। जनताको आयोग महाअभियान कार्य समितिले शान्तिपूर्ण तवरले आफूहरुले आन्दोलन गरेको अवस्थामा सर्वोच्च अदालत परिसरभित्रै महिला अभियन्ताहरुमाथि बरिष्ठ अधिवक्ताहरुले कुटपिट गरेको र तल्लोस्तरको गाली गरेको भन्दै उक्त घट्नाको निन्दा र घोर आपत्ति जनाएको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानले महिला अभियन्ताहरुमाथि हातपात गर्ने फोहोरी शब्द प्रयोग गरेर गाली गर्ने वकिलहरुलाई हदैसम्मको कारबाही गर्नसमेत माग गरेको छ। महाअभिानकी संयोजक तारा बरालले अदालत परिसरभित्रै अपशब्द बोल्ने वकिलहरुविरुद्ध आफुहरु कानूनी प्रक्रियामा अगाडि बढेको जानकारी दिईन् । उनले वकिलहरुले आफूहरुमाथि कुटपिट र रण्डी भनेर गाली गरेको बताईन् ।
साथै, उनले जनतालाई न्याय दिने सर्वोच्च अदालतलाई बन्दी बनाएर कालो कोट लगाउनेहरु भारु र डरलबाट चल्न थालेको समेत गम्भीर आरोप लगाईन् । उनले न्याय पाउने थलो सर्वोच्च अदालतलाई प्यारालाईसिस गराएर राखिएको पनि टिप्पणी गरिन् ।
