बेलबारिमा जनगणना गर्ने कार्य तत्काल जनगणनामा आफ्नो जातीय समुदायको भासा र आफुले मान्दै आएको धर्म लेख्न आनकाने गर्दै जबर्जस्त विभिन्न बाहाना बनाएर नमाने पछी मोरङको बेलबारीको जिल्ला जनगणना कार्यलय बेलबारी ,मोरङ “ख” घेराउ ।
घेराउ गर्न आदिवासी जनजाति सम्बन्धि जातीय संघ सस्था र स्थानीय राजनीति पार्टीका नेताकार्यकर्ताहरुको उपस्थितिमा तत्काल सच्याउन वा पुनर्लेखन गर्नुपर्ने भन्दै जनगणना कार्यलयमा पुगेकाहुन ।कार्यलयमा पुगेका नेताकार्यकर्ताले हाकिम नभेटेपछि कार्यलय प्रमुख सुमन श्रेष्ठ लाई मन कुमार गुरुङ आदिवासी जनजाति बेलबारी नगर सचीवले फोन गरेर तत्काल गणना गर्न रोक्न अनुरोध गरेका थिए ।
फोनमा काम बाट तत्काल फर्केर छलफल गर्न सहमति भएसी आइतबार साझ अभियान्ता र प्रमुख बिच सहमति गरि अगाडि बढ्ने टेलीफोनमा कुराकानी भएको छ उक्त घेराउ कार्यक्रममा जसपाका केन्द्रिय सदस्य दल मर्दन कामी बेलबारी जसपा नेता केशव मगर माओवादी पार्टीका रन्जित गुरुङ काङ्ग्रेस बाट चन्द्र सुब्बा जनमुक्ति कुमार लिम्बु लगायतका नेताकार्यकर्ताहरु पुगेका थिए ।
