Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धर्मकाे महलमा “क्रिस्चियन” लेखाउन ख्रिष्टियन माहासंघ अध्यक्ष गहतराजकाे आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 13, 2021
[webverse_shares]
काठमाडौं। राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले राष्ट्रिय जनगणना २०७८ मा सक्रियताका साथ सहभागी हुन आफ्नो समूदायका नागरिकलाई अपिल गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा ‘राष्ट्रिय जनगणना २०७८ सम्बन्धी बृहत्त सचेतना अन्तरक्रिया’ कार्यक्रमको आयोजना गर्दै महासंघले यस्तो भनेको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले नेपालका सम्पूर्ण ख्रीष्टियनहरुलाई यस जनगणनामा ख्रीष्टियन भनेर ५ नम्बरमा टिक लगाउन आग्रह अपिल गरेका छन् । उनले भने,‘यो जनगणनालाई सफल बनाउन ख्रीष्टियन समुदायलाई आग्रह गर्न चाहन्छु । हामी सबै मिलेर यसलाई सफल पार्छौ तर, आस्था र धर्ममा यहाँ ठुलो चलखेल हुँदैछ । खबरदार यसो गरियो भने हामीलाई यो जनगणना स्विकार्य हुुुँवदैन् । सबै धार्मीक समुदायको भावनालाई गणकले सम्मान गर्नुपर्छ । पेन्सिलको प्रयोग गर्नुहुँदैन् ।’

उनले अहिले कोही कोही व्यक्तिहरु हिन्दुको प्रतिशत ९० बनाउँछु भनेर लागेको पनि सुनाए । उनले भने,‘खबरदार कागजमा जुनसुकै बनाउनुहोस, हाम्रो धर्ममा कति मान्छे छन् भन्ने कुरा हामीलाई पनि थाहा छ । यदि त्यसो भयो भने हामीले आफैले गणना गर्छौं ।’

नेपाली ख्रीष्टियन समुदाय र चर्चका लिडरहरुलाई उनले यो जनगणनाको बेलामा टोलटोलमा पहरेदार भएर बस्न पनि अपिल गरेका छन् । उनले भने,‘यदि खीष्टियन लेखिएको ठाउँमा अन्य लेखियो भने राष्ट्रिय ख्रीष्टियन महासंघमा खबर गर्नुहोस । त्यसको लागि के गर्नुपर्छ हामी गर्नेछौं ।’

नेपाली ख्रीष्टियन समाजको स्थिति २०२१ परियोजनाको प्रमुख धनराज घिमिरेले पनि आफ्नो धारणा राखेका थिए । उनले नेपाल सरकारले सुरु गरेको राष्ट्रिय जनगणना २०७८ सबैका लागि महत्वपूर्ण रहेको सुनाए । उनले नेपालमा अनौपचारिक रुपमा हेर्दा करिब ३० लाखको हाराहारीमा ख्रीष्टियन रहेको तथ्यांक सुनाए । उनले भने,‘अहिले देशभरि १२ हजार चर्च रहेका छन् । यद्दपी यसको यकिन तथ्याङ हामीले लिन सकिरहेका छैनौं ।’

नेपाली ख्रीष्टियन समूदायलाई बिभिन्न तत्वहरुले अपमानित गरिरहेको अवस्था पनि उनले सुनाए । उनले भने,‘राज्यबाट पाउनुपर्ने अधिकारबाट पनि बन्चित गरिएको छ । सरकारी कार्यलयमा हामी ख्रीष्टियन हौं भन्दा त्यहाँपनि अपहेलना गरिने गरिएको हामीले महसुस गरेका छौं । त्यसैले सरकारले सबै धर्मलाई समान ढंगले हेर्नुपर्छ । यो नै नेपाली ख्रीष्टियन समूदायको माग हो ।’

उनले राष्ट्रिय जनगणना २०७८ आफूहरुको लागि निकै महत्वपूर्ण रहेको सुनाए । यसअघि २०६८ को जनगणनामा नेपाली ख्रीष्टियन समूदायको संख्या एकदम न्यून देखाईएको उनको गुनासो छ । उनले भने,‘त्यो हामीलाई स्विकार्य थिएन र छैन् । कसैको दबाबमा नपरेर जति संख्या रहेको छ त्यति नै तथ्यांकमा उल्लेख गर्न राष्ट्रिय तथ्यांक विभागलाई हाम्रो जोडदार अपिल छ ।’ गणकहरु घरदैलोमा जाँदा ख्रीष्टियन समूदायलाई सतर्क भएर हेर्न पनि उनले आग्रह गरे । उनले भने,‘पेन्सिलले लेखिरहेको भए त्यो गलत हो त्यहाँ पेनले लेख्नको लागि हामी आग्रह गर्दछौं ।’

कार्यक्रममा बोल्दै जनसंख्या विज्ञ प्रा. डा. योगेन्द्र गुरुङले एक अध्ययन सुनाउँदै ख्रीष्टियनमा दलितहरु धेरै रहेको सुनाए । उनले भने,‘ख्रीष्टियनभित्र पनि जात व्यवस्था रहेको छ । बुद्धिजम, मुस्लिममा पनि ठुलो जात र सानो जात भन्ने धेरै नै छ । त्यसैले जबसम्म यो जात व्यावस्थाबाट हामी बाहिर निस्किन सक्दैनौं । यो जनगणनामा पनि त्यसको रिफ्लेक्सन् परेको छ जस्तो मलाई लाग्छ ।’

जनगणना क्रमशः प्रजातान्त्रीक र जनमुखी हुँदै आएको उनले सुनाए । उनले भने,‘१९९१ मा जनगणनामा पहिलोपटक जातजाति उल्लेख गरिएको थियो । यसपटक वडास्तरदेखि नै सञ्चालन गरेको हुँदा र गणकहरु पनि स्थानीस्तरकै भएको हुँदा यसपटकको जनगणना प्रभावकारी हुन्छ । त्यसैले तथ्यांकमा कुनै तलमाथि हुँदैन भन्ने परिकल्पना गरिएको छ । नयाँ संरचनामा पहिलो जनगणना भएको हुँदा यो जनगणनामा समावेशी रहेको छ । यस्तै पहिलोपटक गणनाको इतिहासमा संसारमै कतै नहुने सामूदायिक प्रश्नावली रहेको छ । जुन एउटा वडामा एउटा भरिन्छ यो नौलो विषय हो । यस्तै यसपटक तथ्यांकमा स्तरियता हुन्छ ।’

जनजाती महासघंका पूर्व महासचिव आङ्काजी शेर्पाले जबसम्म खुल्लामञ्चमा दशैंको फुलपातीमा हर्षबढाँई हुने, बाहुनले जनै फेर्दा तोप पड्काउने, हिन्दुको चाडबाडमा १५ दिन विदा दिने तर अरुको चाडबाडमा दिएको एक दिनको विदा पनि कटौति गरिन्छ तबसम्म हिन्दुको तथ्यांक घट्ने अनि मुस्लिम, ख्रिटियन र बुद्धिष्टको जनसंख्या बढ्छ भन्ने दिवा सपना त्याग्न आग्रह गरेका छन् ।

उनले भने,‘यसको कारण के हो भने ८० हजार गणकमा १५ हजार पनि गणक धर्मनिरपेक्ष पक्षधर छैनन् । बाँकी कमल थापा र ज्ञानेन्द्रको हन्डी खाने र भारतको योगी आदित्यनाथको हन्डी खाएर उनीहरुलाई प्रशिक्षण दिएर जसरी भएपनि हिन्दु लेख्नु भनेको छ ।’
अबको जनगणनाले ८६ प्रतिशत हिन्दुको जनसंख्या कायम राख्यो भने सबैले हातमा आगोको मुस्लो लिने र चारै दिशाबाट तथ्यांक विभाग जलाउनुको विकल्प आफूहरुसँग नभएको उनको चेतावनी छ।

ईस्लाम सोसाईटीका अध्यक्ष नजुरेल हुसेनले केही ठाउँमा मान्छेको नाम मात्र लिएर अरु डाटा अफिसमा गएर भर्छु भनेर गणकहरुले लगेको भन्ने सुनिएको उल्लेख गदै आपत्ति जनाए । उनले भने,‘कसैले पेन्सिलले लेखेको भन्ने कुरा सुनिएको छ । यस्तो गर्नु गम्भिर गल्ती हो ।’

उनले अर्को धर्मलाई कम देखाएर आफुहरु ठुलो भनेर अरुलाई सधैं दबाउने अपराधिक मानसिकताबाट निस्किनुपर्ने पनि बताए । उनले भने,‘यस्तो मानसिकता गणकमा नहोस । यस्ता विकृति रोक्न आवश्यक रहेको छ । मानव–मानव बिचमा भेदविवाद रहनु एकदम गलत हो । यसलाई हटाउनुपर्छ । हामीले यो अभियान आफुबाट सुरु गरौं ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved