Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘अदालतमा नयाँ पुस्ताबाट नेतृत्व ल्याउनुपर्छ भन्ने पक्षमा नेकपा (एमाले) रहेको छ’ : विशाल भट्टराई (भिडिओसहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 13, 2021
24 shares

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिँदैमा अहिले न्यायालयभित्र देखिएको विवाद समाधान नहुने स्पष्ट पारेका छन् । उनले प्रधानन्यायाधीशमात्रै नभएर परमादेशको फैसला गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने उनको भनाई छ । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । भट्टराईले भनेका छन्–‘यो समस्याको समाधान सर्वोच्च अदालतका प्रधाननयायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिँदैमा मात्र हुनेवाला छैन् । पहिलो कुरा ब्यापक रुपमा अदालतको पुनसंरचना हुनुपर्छ । सर्वोच्च अदालतको मात्र होइन्, देशभरि रहेका सबै अदालतमा थुप्रिएर र बसेका सबै समस्याको समाधानको लागि माननीय न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको जुन आयोग थियो, त्यो आयोगले दिएको रिपोर्टलाई जस्ताकोतस्तै लागु गर्नुपर्छ । त्यसपछि सर्वोच्च अदालतका असार २८ को फैसला गर्ने, परमादेश दिएर यति घण्टाभित्र प्रधानमन्त्री तोक्नु भनेर जनताको अधिकारलाई निरंकुश तरिकाले आफ्नो हातमा लिने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्छ । साथै, नयाँ पुस्ताबाट अदालतमा नेतृत्व ल्याउनुपर्छ भन्ने पक्षमा नेकपा (एमाले) रहेको छ । चोलेन्द्र शमशेरले पनि विल्कुलै राम्रो गर्नुभएको छैन् । तर, उहाँले मात्र राजीनामा दिदँैमा यो समस्यामा समाधान हुँदैन् । त्यसैले उहाँहरु सबै जनाले राजीनामा दिनुपर्छ । त्यसपछि त्यो आयोगको रिपोर्टलाई कार्यान्वनय गरेर अदालतलाई जनताको आस्थाको केन्द्र बनाउनुपर्छ ।’ प्रस्तुत छ नेता भट्टराईसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा (एमाले)को १०औंं महाधिवेशन हुँदैछ, तयारी कस्तो चल्दैछ ?

आज कात्तिक २७ गतेका दिन हाम्रो पार्टीको देश भरिका १६५ वटा निर्वाचन क्षेत्र, प्रवास र अन्य विशेष कमिटिबाट हामी प्रतिनिधि छनोटकोे प्रक्रियामा रहेका छौं । नेकपा (एमाले)को लागि आज महत्वपूर्ण र विशेष दिन पनि हो । यसर्थमा कि नेकपा (एमाले) अहिले संसद र जनमतको हिसाबले मुलुकको ठुलो पार्टी हो । यो पार्टीले लिने नितिहरु र यसका प्रत्यक क्रियाकलाप व्यवहार यसका कार्यकर्ताहरुको चरित्र मुलुकको निति र सम्पुर्ण गतिबिधिसंग अन्योयाश्रीत सम्बन्ध राख्दछ । यसकारण पनि आजको दिन महत्वपूर्ण छ । हिजो–अस्ति पनि केही जिल्लाहरुमा सर्बसम्मति भइसकेको छ र आज मलाई लाग्छ नेकपा (एमाले) को ९० प्रतिशत क्षेत्रमा हामी सर्वसम्मतिका साथ नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि छनौट गर्छौं ।

तपाईंहरुले देशभरिनै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सक्नुहुन्छ ?

तपाईंले कार्तिक ६ गतेको दिनमा पनि समाचार प्रकाशन गर्नुनै भयो होला । त्यसदिन हामीले ६ हजार ७ सय ४३ वटा वडामा एकैदिन वडा अधिवेशन सम्पन्न गर्यौं । केही बाढी/पहिरोले रोकिएका ठाउँहरुमा बाहेक सबै वडामा सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्यौं । त्यसपछि फेरी कार्तिक ९ गतेका दिन देशभरका ७ सय ५३ वटै गाउँ र नगरपालिकाको अधिवेशन सम्पन्न गर्याैं । त्यहाँपनि अधिकाशं ठाउँमा सर्वसम्मत् रुपमा नेतृत्व चयन भएको छ । त्यसैगरी आज छानिने प्रतिनिधि पनि हामीले सर्वसम्मत रुपमा चयन गर्नेछौं । अब एउटा रहस्य अथवा अनुत्तरित प्रश्न जनताका बिचमा रहेको छ । कसरी नेकपा (एमाले)मा यो सम्भव भयो ? नेपाली काँग्रेसको महाधिवेशन गर्न नसकेर डेढ वर्ष देखि यक्तिकै अलमलिरहेको अवस्था रहेको छ । नेकपा (माओवादी)ले त महाधिवेशन गर्नै पर्दैन् । कमरेड प्रचण्ड नै सर्वेसर्वा हुनुहुन्छ । त्यहाँ सांगठनिक रुपमा कुनै विधि र थिती केही पनि छैन् र हुनुपनि आवस्यक देखिएको छैन् । अब नेकपा (एमाले) सुविचारिक, सुुसंगठित् र सुव्यवस्थित् पार्टी हुनुको नाताले र मुलुकको एउटा जिम्मेवार पार्टी हुनुको नाताले ७२ वर्षदेखि यो मुलुकको लोकतन्त्र र गणतन्त्रको लागि संघर्ष गर्दै आएको पार्टी हुनुको नाताले साथै आम जनताले विश्वास गरेको पार्टी भएको नाताले हामीहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । त्यसकारण यसपटक नेकपा (एमाले)को छनौट चाहीँ सर्वसम्मत् हुनुको तीन वटा महत्वपूर्ण कारणहरु रहेका छन् । पहिलो कुरा भनेको के हो भने नेकपा (एमाले)मा केही समयदेखि सत्ताका बिभिन्न अंगहरु सर्वोच्च अदालत, निर्वाचन आयोग, सभामुख र मिडियाका पनि कतिपय मान्छेहरु योजनावद्द रुपमा लागेर नेकपा(एमाले) माथि विभाजनको प्रयास गरे । तर टुक्रियो मात्रै । त्यो पीडाले पनि नेकपा (एमाले) का नेता÷कार्यकर्ताहरु अब व्यक्तिप्रधान होइन् पार्टीप्रधान हो भन्नेमा गएका छन् । त्यसकारणले मेरा निजी स्वार्थहरु छोडेर पार्टीलाई म एकतावद्ध बनाउँछु भन्ने एउटा सन्देश रहेको छ । दोस्रो कुरा, हाम्रो पार्टीमा विगतमा नेकपा (एमाले) मा माधवकुमार नेपाल र झलनाथ खनालले संस्थागत् रुपमा गुटबन्दी गरेको कारणले गर्दा उहाँहरुले थाङ्ग्रो लगाइदिएको कारणले गर्दा तलका लहराहरु बेरिँदै त्यसमा चर्ने गर्थे भने यसपल्ट थांग्रो लगाइदिने मान्छेहरु कोही पनि नभएको हुँदा लहराहरु बेरिन पाएका छैनन् । त्यसअर्थमा पनि सर्वसम्मत् भएको छ । तेस्रो कुरा भनेको के हो भन्दा नेकपा (एमाले) ले केपी शर्मा ओलीजस्तो विलक्षण क्षमता भएको मान्छे हामीले पाएका छौं । त्यसकारण उहाँको नेतृत्वमा मुलुक निर्माणको अभियानमा लाग्नुपर्छ हामीले स्वार्थहरु त्याग गर्नुपर्छ भनेर पनि हाम्रो पाटीईमा अहिले सर्वसम्मति भएको छ । त्यसकारण नेकपा (एमाले) एउटा जिम्मेवार पार्टी भएर अगाडि आएको हुँदा हामीले आज पनि सर्वसम्मत् रुपमा चयन गर्छौं ।

केपी ओलीलाई अध्यक्ष बनाउनको लागि तपाईहरुले पहल गरिरहनुभएको छ तर, भीम रावल र घनश्याम भुसालले चुनौति दिइरहनुभएको छ नि होइन् ?

मिडियामा त्यस्तो कुराहरु आइरहेको म देख्छु । तर, यो कुरा भोलि÷पर्सि देखिने कुरा हो । म दाबीका साथ एउटा कुरा के भन्छु भने १२ गतेका दिन हाम्रो अध्यक्ष केपि शर्मा ओलीज्यू सर्वसम्मतिले नै अध्यक्ष बन्नुहुन्छ । त्यसमा कुनै चुनौति छैनन् । यद्धपि लोकतान्त्रीक अभ्यासमा विश्वास गर्ने पार्टी भएको हुदाँ प्रतिष्पर्धा भयो भने पनि उहाँ नै अध्यक्षमा चयन हुनुहुन्छ । तर, प्रतिस्पर्धा हुँदा चर्चित एउटा घट्ना बन्छ होला त्यो हाम्रो आन्तरिक जीवनको लागि त्यति नौलो कुरा होइन् । तर, म विश्वास गर्छु कि हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली नै बन्नुहुन्छ । र, यससंगै अर्को कुरा पनि जोड्न चाहन्छु त्यो के हो भने हाम्रा पार्टीका नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, युवाराज ज्ञवाली, गोकर्ण विष्ट जो पछि माधव नेपालज्युसँगको लामो लिगेसी तोडेर नेकपा(एमाले)मा क्रियाशिल हुनुभयो । उहाँहरुलाई यो पार्टीमा कसरी सम्मानजनक ठाउँ दिने र जिताउने भन्नेबारेमा हामी देशभरीका नेता÷कार्यकर्ताहरु सचेत रहेका छौं । उहाँहरुलाई हामीले सहजतापूर्वक जिताउँछौं । सँगसँगै रामबहादुर थापा ‘बादल’को नेतृत्वमा देशभरिका नेकपा (माओवादी) का लाखौं कार्यकर्ताहरु नेकपा (एमाले)मा आउनुभएको छ । उहाँहरुले जबज मान्नुभएको छ । केपी शर्मा ओलीलाई नेता मान्नुभएको छ । त्यसैले उहाँहरुलाई पनि सम्मानजनक ठाउँ दिनेगरि हामी एकताबद्द महाधिवेशन सम्पन्न गरेर १२ गते पश्चात् चाहीँ मुलुकभरि एउटा सन्देश दिन सफल हुन्छौं ।

सर्वोच्च अदालतको संकट टार्न तपाईँहरु किन लाग्नुभएन ? यस विषयमा तपाईंहरु किन मौन बस्नुभएको छ ?

हामी विल्कुलै मौन बसेका छैनौं । सर्वोच्च अदालत अहिले ट्रेड युनियनको आन्दोलन गर्ने थलोजस्तो भएको छ । लामो समयदेखि दलाली गर्दै आएका र न्याय क्षेत्रमा कब्जा जमाएर बसेका केही दलालहरुको पञ्जाबाट मुक्त गर्न आजको आवश्यकत्ता हो । त्यसमा कतिपय बारका मान्छेहरु पनि संलग्न रहेका छन् । न्यायाधीशहरु पनि संलग्न छन् । यो समस्याको समाधान सर्वोच्च अदालतका प्रधाननयायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिँदैमा मात्र हुनेवाला छैन् । पहिलो कुरा ब्यापक रुपमा अदालतको पुनसंरचना हुनुपर्छ । सर्वोच्च अदालतको मात्र होइन्, देशभरि रहेका सबै अदालतमा थुप्रिएर र बसेका सबै समस्याको समाधानको लागि माननीय न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको जुन आयोग थियो, त्यो आयोगले दिएको रिपोर्टलाई जस्ताकोतस्तै लागु गर्नुपर्छ । त्यसपछि सर्वोच्च अदालतका असार २८ को फैसला गर्ने, परमादेश दिएर यति घण्टाभित्र प्रधानमन्त्री तोक्नु भनेर जनताको अधिकारलाई निरंकुश तरिकाले आफ्नो हातमा लिने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्छ । साथै, नयाँ पुस्ताबाट अदालतमा नेतृत्व ल्याउनुपर्छ भन्ने पक्षमा नेकपा (एमाले) रहेको छ । चोलेन्द्र शमशेरले पनि विल्कुलै राम्रो गर्नुभएको छैन् । तर, उहाँले मात्र राजीनामा दिदँैमा यो समस्यामा समाधान हुँदैन् । त्यसैले उहाँहरु सबै जनाले राजीनामा दिनुपर्छ । त्यसपछि त्यो आयोगको रिपोर्टलाई कार्यान्वनय गरेर अदालतलाई जनताको आस्थाको केन्द्र बनाउनुपर्छ ।

नेपाल बारको आन्दोलनलाई तपाईहरु के भन्नुहुन्छ ?

नेपाल बार एसोसिएशनको अहिलेको नेतृत्व कसरी विवादमा पर्यों भन्दा उसले जब संवैधानिक इजलास गठन भइरहेको समयमा फलानो न्यायाधीश बस्दा हामी बहस गर्दैनौं र फलानो चाहिन्छ भन्न थाले । आजसम्म दुनियाँमा कतैपनि वकिलले बेञ्च तोक्दैन् । ती दलाली गरेर बसेका कतिपय मान्छेले जसरी अदालतको बेञ्चमा व्यक्ति छान्ने कोशिश गरे, त्यसकारणले गर्दा यहाँ बेथिति भएको छ । त्यसकारणले गर्दा अहिलेको बारको नेतृत्वका कतिपय व्यक्तिहरु स्वार्थवस यो काममा लागेका छन् । जनताको करबाट तलब खाएर आन्दोलनमा उत्रिने अधिकार कसैलाई पनि छैन् । इच्छा लाग्ने मान्छेले बहस गर्छ अनि नलाग्ने मान्छेले गर्दैन् । यस विषयमा स्वतन्त्र छोडिदिनुपर्छ । बारले जुन काम गरिरहेको छ, त्यो एकदम गलत काम गरिरहेको छ ।

https://www.reportersnepal.com/

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved