हिमांशु राय- बेलबारी मोरङ।
नेपाल प्रेसयुनियन मोरङ द्वारा आयोजित शिखर पुरुष स्व: गिरिजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम मोरङको बेलबारी स्थित बौद्धगुम्वा परिसरमा सम्पन्न भएको छ।
नेपाल सरकारका रक्षामन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका का केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालको प्रमुख आथित्यमा सम्पन्न पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा शिखर पुरुष स्व: गिरिजाप्रसाद कोईरालाले नेपालको राजनीतिमा पुर्याउनु भएको योगदान र देशमा द्वन्दरत अवस्थामा शान्ति सम्झौताको लागि खेलेको महत्वपूर्ण भुमिकाको स्मरण गराउदै रक्षा मन्त्री रिजालले भन्नुभयो वर्तमान नेपालको राजनितीले राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च राजनीति छवि बनाएका स्व: कोईरालाको साहसी ब्याक्तित्व ,अटल विश्वासको उदाहरणीय जिवनलाई अनुशरण गर्दै सदैव एकताको मार्ग पहिल्याउनु पर्ने कुरा नै आजको आवाश्यक्ता हो भन्दै ओली सरकारको सत्ता दम्भ र लोकतान्त्रिक ब्यावस्था माथीको पटक पटक को प्रहार बाट आफुहरु बाध्य भई सिङ्गो मुलुकको अस्तित्व र लोकतन्त्र रक्षाको लागि आफुहरु बाट गठबन्धन सरकार निर्माण भएको तर्क पेश गर्दै आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेस सदैव देश र जनताको पक्षमा रहेको बताउनु भयो।
कार्यक्रममा स्व: गिरिजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार बाट पत्रकार शेखर रेग्मी,कुमोद अधिकारी र दिनेश गिरीलाई दामासाही नगद रु, १५ हजार रुपैयाँ, प्रमाण पत्र र दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथिले सम्मान गरे।
नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सदस्य , प्रदेश सांसद,जिल्ला सभापति ,क्षेत्र सभापति ,नगर सभापति तथा वडाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रिय प्रतिनिधीमा निर्वाचित नेपाल प्रेस युनियन सम्वद्ध पत्रकारहरुलाई प्रेस युनियन मोरङ शाखा द्वारा फुलमाला खदा लगाई कदरपत्र ले सम्मान गरेको छ।
युनियनका मोरङ अध्यक्ष भोजराज बस्नेत को अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रम लाई युनियनका सचिव गोपाल पोखरल ले संञ्चालन गरेका थिए।
