काठमाडौ । देसमा साना ठुला राजनितिदहरु आ-आफ्नै तवरले संगठानिक कृयाकलाबमा ब्यस्त छन्। नेकपा एमाले, नेपाली काँग्रेस तथा माओवादी पार्टीहरु अधिवेसनतिर तन्किरहेका छन् भने केही साना पार्टिहरु संगठन बिस्तारकाे लागि देस दाैडाहामा छन्। सबै राजनितिक दल तथा संगठनहरुकाे एजेणडाहरुभने याे देसलाई समुन्नततिर लाने, जनतालाई सुखि र खुसि बनाउछाैँ भन्ने नै हाे ।
तर पनि खै त जनताले स्वास्थय,शिक्षा र राेजगारि पाएकाे? सबैकाे पार्टीकाे चुनावि घाेषणा पत्रमै सिमित यी तीन चिज जनताले कहिले पाउलान्? हाे यहि बिषयलाई जनतामाझमा राखदैसंगठन बिस्तारमा रहेकाे अर्काे एउटा पार्टी हाे “जनजागरण पार्टी नेपाल” देसकाे विभिन्न ठाउमा आफ्नाे संगठन बिस्तारगर्दैहामि पनि एउटा राजनितिक दल हाैँ जाे हिजाेका दिनहरुमा अरुले के भन्याे त्याे सँग हामी सराेकार नराखाैँ आगामिदिनमा हामी कसरी देस,नागरिक र नागरिककाे जीवनस्तरलाई माथि क्लाउन सकिएला याे बिषयमा केन्द्रित रहेर अघि बढाैँ भन्दै धादिङ जिल्लामा संगठन बिस्तार गरेकाे छ।
पार्टीका स्थायी समिति सदस्य कुल बहादुर बि.क.काे प्रमुख आतिथयमा उक्त कार्यक्रममा अन्य राजनितिक दलबाट पनि मानिसहरु जनजागरण पार्टीमा प्रवेस गरेकाे पार्टी प्रबक्ता बिदुर अधिकारीले बताए। प्रस्तुत छ प्रबक्ता अधिकारीद्वारा प्रेसित बिज्ञप्तिकाे पुर्ण अंश:-
मितिः२०७८(०७(२३
प्रेस विज्ञप्ति
विषय: जनजागरण पार्टी नेपाल धादिङ जिल्लामा संगठन विस्तार तथा अन्य दलहरूबाट जनजजागरण पार्टीमा प्रवेश सम्बन्धमा
विधिको शासन र नागरिक सम्प्रभुताको पक्षमा सचेत सम्पूर्ण पार्टी पंक्ति तथा शुभेच्छुक नागरिक समुदायमा न्यानो अभिवादन, शालोम ।
उपरोक्त सम्बन्धमा, यही मिति ०७८ कार्तिक २२ जनजागरण पार्टी नेपाल स्थायी समिति सदस्य श्री कालबहादुर बि.क. को संयोजन तथा प्रमुख आतिथ्यमा धादिङ जिल्लाका सबै निर्वाचन क्षेत्र र स्थानीय पालिकाहरूको प्रतिनिधित्व गर्दै भेला भएका समाजसेवी तथा युवा अगुवाहरूले आगामी निर्वाचनमा पार्टीलाई उच्चतम परिणाममा पुर्योउने प्रतिबद्धतासहित गाउँ, नगर र क्षेत्रीय कार्यसमितिहरू गठन गरेको जानकारी जिल्ला कार्यसमिति अध्यक्ष श्री राजन थापामगरले दिनुभएको छ ।
यसअघि आमूल परिवर्तन मसिहा पार्टी नेपालको जिल्ला कमिटीमा रहेका सबैले आजै सो दल परित्याग गरी जनजागरण पार्टी नेपालको सिद्धान्त र मूल्यमान्यता तथा राजनीतिक मार्गदर्शनमा आबद्ध रहेर देशको सेवामा समर्पित हुने प्रतिबद्धता जनाउँदै पार्टी प्रवेश गर्नुभएको जानकारी गराइएको छ । उक्त दलले अवलम्बन गरेको धार्मिक अतिवादको राजनीतिले देशमा अनावश्यक द्वन्द्व सृजना हुने ठहर गर्दै दल परित्याग गरेको घोषणा गरेर जनजागरण पार्टी नेपालले स्थापित गर्न खोजेको एक सबल वैकल्पिक लोकतान्त्रिक सिद्धान्त र सच्चरित्रता स्थापित गर्ने मूल्यमान्यता आफूलाई उभ्याउने प्रतिबद्धता जनाउनुहुने श्री चेरोङ तामाङ, गोपाल तामाङलगायतको समूहलाई स्वागत गर्दै पार्टी संगठनमा उहाँहरूको योग्यता, अनुभव र क्षमताअनुसारको जिम्मेवारी दिइएको जानकारी स्थायी सदस्य श्री कालबहादुर बिकले दिनुभएको छ । जिल्लाका ५० भन्दा बढी समाजसेवी अगुवाहरूको सक्रिय उपस्थितिमा सदरमुकाम धादिङबेसीमा आयोजित उक्त भेलाले धादिङ २ नम्बर क्षेत्रका लागि विजय तामाङको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति गठन गरेको छ । सो समितिमा धनराम तामाङ उपाध्यक्ष, दिपक तामाङ सचिव र सम्झना तामाङ कोषाध्यक्षमा चयन हुनुभएको छ ।
त्यसैगरी माओवादी केन्द्रबाट सो दल परित्याग गरी आएका नुराल तामाङ सहसचिवमा चयन हुनुभएको छन् भने, विभिन्न राजनीतिक तथा समाजसेवी पृष्ठभूमिबाट आएका सोलामा तामाङ सहकोषाध्यक्ष र सदस्यहरूमा क्रमशः दिलिप तामाङ, सन्त लामा, पेम्बा तामाङ, फिलिप तामाङ, वीरबहादुर तामाङ, छन्द तामाङ, कुशल तामाङ, सोमबहादुर तामाङ, शिशिर तामाङ, जीतबहादुर तामाङ, शान्ता तामाङ र रबिन तामाङ चयन हुनुभएको छ ।
देशमा लोकतन्त्रको सुदृढीकरण र सेवामूलका लागि राजनीतिका लागि सही मार्गदर्शन पहिल्याउने तत्परतासिहतका युवा स्वयंसेवीहरूको बडो उत्साही र जुझारु भेलाबाट श्री चेरोङ तामाङ र सन्त तामाङलाई केन्द्रिय विस्तारित समितिका लागि सिफारिस गरेको छ भने पार्टी जिल्ला इन्चार्जको जिम्मेवारी गोपाल तामाङलाई दिएको छ । त्यसैगरी विभिन्न पालिकाहरूका लागि संगठन विस्तार गर्न पार्टी पालिका इन्चार्जहरू पनि सोही भेलाले तोकेको छ, जसअनुसार यमबहादुर मगर निलकण्ठ नगरपालिका, प्रकाश तामाङ रुबीभ्याली गाउँपालिका र हर्कबहादुर तामाङ गंगाजमुना गाउँपालिका रहनु भएको छ भने निलकण्ठ नगर कमिटीको सचिवमा कोपिला परियार चयन हुनुभएको छ ।
नवगठित क्षेत्रीय कार्यसमितिले केही हप्ताभित्रै सबै पालिकाहरूसाथै महिला प्रतिनिधित्व गराउने गरी कार्यसमिति विस्तार गर्ने जिम्मेवारी सो समितिलाई दिइएको व्यहोरा केन्द्रीय सचिवालयको तर्फबाट कार्यक्रमका प्रमुख अतिथिले मन्तव्य दिने क्रममा बताउनुभएको थियो । उक्त कार्यक्रममा पार्टी केन्द्रिय अध्यक्षसमेतको उपस्थिति रहने कुरा तय भएको तर उहाँको परिवारमा कोभिड १९ संक्रमण पुष्टि भएकोले स्वास्थ्य सुरक्षाको गाम्भीर्य अनुसार उहाँको अनुपस्थितिबारे सूचित गराइएको थियो ।
धन्यवाद ।
विदुर अधिकारी, प्रवक्ता
केन्द्रिय समिति सचिवालय,
जनजागरण पार्टी नेपाल

