Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यस्तै अवस्था रहे बारकाे आन्दाेलनले गठबन्धनदलहरुलाई पनि छाेड्दैन : उपाध्यक्ष भट्टराई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 9, 2021
2.5K

काठमाडौं। नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले बारको भद्रतापूर्ण मागलाई बेवास्ता गरेमा सत्ता गठबन्धनका दलहरुविरुद्ध पनि आन्दोलन सोझिन सक्ने चेतावनी दिएका छन् ।

आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने, “हाम्रो आन्दोलनबारे सत्ता गठबन्धनका दलहरूलाई गम्भीर ध्यानाकर्षण गराएका छौं । प्रधानन्यायाधीशलाई आफू अनुकूल प्रयोग गर्ने, न्यायालयमा हस्तक्षेप गर्ने, न्यायाधीशलाई पदक दिने र न्यायाधीशका मान्छेलाई नियुक्ति दिने गरेकाले उनीहरू कानमा तेलमा हालेर बसेका छन् । प्रधानन्यायाधीशलाई जसरी भए पनि जोगाउने, उहाँमार्फत काम गराउने गठबन्धनको सोच छ । यसलाई सामान्य रुपमा लिएमा राजनीतिक दलहरुका विरुद्ध पनि बारको आन्दोलन सोझिन सक्छ ।”

सत्ता गठबन्धनको बैठकमा बारको आन्दोलनबारे चर्चासम्म हुनु गठबन्धन सरकार र न्यायालयबीच साँठगाँठ छ भन्ने पुनर्पुष्टि भएको उनले बताए । उनले भने, “बीचैमा ब्याक हुने गरी बारले हल्काफुल्का कार्यक्रम ल्याएको होइन । हामीले भद्रतापूर्वक प्रधानन्यायाधीशलाई मुद्दा नहेर्न, इजलास नतोक्न, संवैधानिक परिषद्, न्यायपरिषद्, न्यायसेवा आयोगको बैठकमा सहभागी नहुन र निकास दिन अनुरोध गरेका छौं । त्यसलाई नजरअन्दाज गरेमा परिणाम राम्रो हुने छैन ।”

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा न्यायपालिकाको सुधारका निम्ति बाधक बनेको र न्यायालयलाई नेतृत्व दिन नसकेको आरोप पनि उनले लगाए । उपाध्यक्ष भट्टराईले भने, “बारको आन्दोलन निष्कर्षमा पुग्न केही समय लाग्ला । तर अब निकास निकाल्ने गरी कार्यक्रम ल्याउँछौं । त्यो अहिले सार्वजनिक गर्न जरुरी छैन । मिडियालाई अन्तर्वार्ता दिएर, डिफेन्स गरेर उहाँ जोगिन सक्नुहुन्न । अब राजीनामा नदिई सुखै छैन ।”

न्यायाधीशहरु इजलासमा फर्के भने तपाईंहरुको आन्दोलन के हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “न्यायाधीश इजलासमा फर्कने र नफर्कनेसँग हाम्रो सरोकार छैन । कानुन व्यवसायी बहसमा जानु नजानु पनि ठूलो कुरा होइन । फैसला मात्र भएर हुन्न, न्याय हुनुपर्छ । शीघ्र सुनुवाइ हुनुपर्ने इजलास निरन्तर रोक्नुपर्छ भन्ने पनि हाम्रो माग होइन ।”

प्रधानन्यायाधीशले निकास दिएपछि आउने न्यायालयको नेतृत्वले पनि बारको १९ बुँदे माग सामना गर्नुपर्ने उनले बताए । reportersnepal

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved