Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सामूहिक बलात्कारको आरोपमा तीन जना युवक पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 9, 2021
117 shares

बेनी । म्याग्दीको बेनी-५ पुलाचौरमा सामूहिक बलात्कार गरेर फरार भएका तीन जना आरोपी २० दिनपछि पक्राउ परेका छन्। कात्तिक २ गते एक महिलालाई बलात्कार गरेर फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानिँयालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार सार्वजनिक गरेको हो।

पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले २२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई सोमबार पोखराबाट पक्राउ गरिएको जानकारी दिए।‘रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका तीन जनाले पालैपालो सामूहिक बलात्कार गरेको कात्तिक ४ गते पिडीतले जाहेरी दिएपछि आरोपीको खोजी र अनुसन्धान शुरु गरेका थियौं,’ उनले भने ‘जिल्ला अदालत म्याग्दीमा सामूहिक बलात्कार सम्बन्धी मुद्दा दर्ता र सात दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।’

मुद्दा दर्ता नहुँदै अनुसन्धान प्रभावित हुनेगरी सामाजिक सञ्जाल फेसबुकमा गरिएका टिका टिप्पणी, युट्युबर र नाराबाजीका कारण घटना गिजोलिएर आरोपीहरु भागेपछि चुनौती देखिएपनि आधुनिक विधि र प्रविधीको प्रयोग गरेर आरोपी पक्राउ गर्न सफल भएको प्रनाउ राईले बताए। मुलुकी अपराध संहिता २०४७ को परिच्छिेद १८ को दफा २१९ बमोजिम १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेको कसुर पुष्ठि भएमा सात देखि दश वर्षसम्म कैद सजाँय हुने कानुनी व्यवस्था छ।

साथै उपदफा ७ बमोजिम सामूहिक करण गरेमा थप पाँच बर्ष कैद सजाय हुने कानुन छ। आरोपितका अभिभावक तथा आफन्तहरुले भने सहमतिमा भएको सम्बन्धलाई राजनीतिकरण र विषयान्तर गरेर फसाउन खोजिएको दावी गरेका छन्। प्रवेश र प्रकाश सहोदर दाजु भाई हुन्। प्रवेश भारतमा कक्षा १२ अध्ययन गर्छन्। रुपन्देहीमा बस्दै आएका प्रकाश त्यहाँ सुनचाँदी पसलमा काम गर्छन्। हिट्मेन भने पुलाचौरकै स्थायी बासिन्दा हुन्। प्रवेश र प्रकाश दशैं मनाउनका लागि अभिभावकसँग पुर्ख्यौली घर आएका प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved