Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नक्कली छोडपत्रवाली श्रीमतीका नाममा इच्छाराजको अरबौँ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 8, 2021
642 shares

सहकारीको अरबौं रुपैयाँ निक्षेप अपचलन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा समातिएका सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले हिरासतमा ३५ रात बिताएका छन् । उनीसँगै अरु ११ जनाले पनि दशैं र तिहारसमेत त्यहिँ बिताएका हुन् । दशैं अगाडिदेखि उनीहरु सबै खोरमै छन् ।

पक्राउ परेका १२ जनामध्ये १० जना सीआईबीको खोरमा छन् । दुई जना महिला कर्मचारीलाई भने प्रहरीको महाराजगञ्ज वृत्तको हिरासत कक्षमा राखिएको छ । दशैं र तिहारको समयमा पनि उनले प्रहरीलाई अनौपचारिक रुपमा म तिर्छु, मिलाउँछु भनेर वचन दिएको बताइन्छ । उनी र उनको समूहविरुध्द झण्डै पाँच अर्ब रुपैयाँ बराबरको निक्षेप अपचलन गरेको दाबी परेको छ । ११ सयभन्दा बढीले लिखित उजुरी नै दिएका छन् ।

“इच्छाराजलगायतका १० जना पुरुष अभियुक्तहरु एउटा ठूलो हिरासत थुनुवा
कोठामा लाइन लागेर सुत्ने गरेका छन् ।”

उक्त रकम तामाङले सिभिल होम्समा र अन्यले विभिन्न पेशा व्यवसायमा लगाएको देखिन आएको छ । अन्यले पनि जग्गा, घर, क्रसर उद्योगमा लगानी गरेको प्रहरीले प्रमाण फेला पारेको छ । तर सहकारीको पैसा लगेर बनाएको सिभिल होम्सका घर बेचेर आएको पैसो भने उनले कौडी पनि देखाएका छैनन् । प्रहरीको अनुसन्धान टोली त्यहि पत्ता लगाउन लागिपरेको बताइन्छ ।

उनले सबैको रकम फिर्ता गर्छु भने पनि व्यवहार मिलाउने खाका दिन सकेका छैनन् । अरुले पनि त्यस्तै भनेका छन् तर यसरी तिर्छौं भनेर कसैले पनि आश्वस्त हुने योजना दिन नसकेको प्रहरीले बताएको छ । हुन तः पक्राउ परेका सबैको बैंक खाता र श्रीसम्पत्ति सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागले रोक्का गरिसकेको छ ।

“हिरासतमा रहेकामध्ये अधिकांशले उच्च रक्तचापको औषधि सेवन गरेको देखिन्छ ।”

तामाङले आफूसँग अपचलन गरिएको अर्बौं रकम नदेखाए पनि डिभोर्स गरेकी श्रीमतीको नाममा भने जग्गा जोडेको भेटिएको छ । उनले सँगै बस्ने तर कागजमा पूर्वपत्नीको दर्जा दिएकी श्रीमतीको नाममा काठमाडौंका ठाउँ ठाउँमा जग्गा जोडेका छन् । जोरपाटी नजिकै एकै ठाउँमा ४५ रोपनी जग्गा लिएको देखिन्छ । उक्त जग्गाको मूल्य झण्डै एक अर्ब रुपैयाँ हुन आउँछ ।

पक्राउ परेका केही सामान्य कर्मचारीबाहेक अन्य कर्मचारी र पदाधिकारीले समेत श्रीमती, आफन्त, ससुरा र सासूको नाममा घर,जग्गा,सेयर किनेको देखिन आएको छ ।

हिरासतमा रहेका कसैलाई पनि मोबाइल,इन्टरनेट चलाउन दिइएको छैन । शुरुमा तामाङलाई प्रहरीको सोह्रखुट्टे वृत्तमा राखिएको थियो । अहिले सीआईबीको हिरासतमा लगिएको छ । अहिलेसम्म उनीहरुलाई आफ्ना कानुन व्यवसायी र परिवारका सदस्यसँग मात्र भेट गर्न दिइएको छ ।

“उनले सँगै बस्ने तर कागजमा पूर्वपत्नीको दर्जा दिएकी श्रीमतीको नाममा
काठमाडौंका ठाउँ ठाउँमा जग्गा जोडेका छन् ।”

यसबीच उनीहरु कोही पनि बिरामी नपरेकाले अस्पताल लानु परेको छैन । तर हिरासतमा रहेकामध्ये अधिकांशले उच्च रक्तचापको औषधि भने सेवन गरेको देखिन्छ ।

सीआईबीको हिरासतमा रहेका इच्छाराजलगायतका १० जना पुरुष अभियुक्तहरु एउटा ठूलो हिरासत थुनुवा कोठामा लाइन लागेर सुत्ने गरेका छन् । janaaastha.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved