भक्तपुर , गए राती भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडाल पुरी गाउँका मणिराम पुरीको घरमा जुवा तास खेलिरहेका १५ जना पक्राउ परेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनीहरूको साथबाट दुई बुक ताससहित १२ लाख ४३ हजार सात सय ८० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
