Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जलबायु परिवर्तनको शिकार बनेको बंगलादेश : पानी पिउन एक माइलको यात्रा !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 6, 2021
105 shares

डेविड शुकमैन

बंगलादेशको गाबुरामा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनबाट हुने सम्भावित खतराहरू सहिरहेका छन् ।आँधीबेहरीले तटीय सुरक्षालाई नष्ट गर्दैछ, र बढ्दो समुद्री सतहले मानिसहरूको इनार र खेतहरूमा नुनिलो पानी मिसिएको छ । बंगलादेश जलवायु परिवर्तनका कारण चरम मौसमबाट सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो र जोखिममा रहेका समुदायहरू उस्तै जोखिममा बाँचिरहेका छन् जसलाई भविष्यमा रोक्न ग्लासगोमा ऋइएद्दट जलवायु शिखर सम्मेलन भैरहेको छ । सम्मेलनको साथसाथै गरिब देशलाई आर्थिक सहयोग गर्ने वाचाको वास्तविकता पनि यो गाउँले बताउँदै आएको छ । विश्वका धनी देशहरुले गरिब देशलाई गरेको वाचा १२ वर्ष बितिसक्दा पनि पुरा गरेका छैनन् ।

शोरबानो खातुनको कथाले जलवायु परिवर्तनको खतरालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय पहलहरू कसरी असफल भइरहेका छन् भनी बताउँछ ।

“सन् २००९ मा मैले सोरानोलाई भेटें, त्यो बेला गबुरा चक्रवातबाट उत्पन्न भएको परिस्थितिसँग लडिरहेका थिए । उनी आफ्ना चार सन्तानसँग अग्लो, साँघुरो पहाडमा रहेको अस्थायी शिविरमा बसिरहेकी थिइन्, जुन करिब ५,००० मानिसका लागि सुरक्षित स्थान थियो ।”

 

गाउँको दुर्दशा र जलवायु परिवर्तनबाट पीडित सबै विकासोन्मुख देशको अवस्थालाई विश्वसामु ल्याउन अक्सफामले शोरबानोलाई आफ्नो मुद्दा विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको थियो । डिसेम्बर, २००९ मा उनले डेनमार्कको राजधानी कोपेनहेगनमा हुन लागेको ऋइएज्ञछ जलवायु सम्मेलनमा भाग लिन लामो यात्रा गरिन् । यो सम्मेलनको २६ औं संस्करण अहिले चलिरहेको छ ।

‘मैले यति ठूलो कार्यक्रममा भाग लिएर के पाउनुभयो भनेर सोधपुछ गर्दा उनको जवाफ थियो,–’ ‘कोपेनहेगन’। अर्थात् डेनमार्कको राजधानी कोपेनहेगन आएर उनले सुधारको आशा पाएकी छन् । “यी सबै ठूला व्यक्तिहरूसँग स्टेज सेयर गर्न पाउँदा राम्रो लाग्यो, उनले भनिन् ।”

नेताहरुको कुरा सुनेर उनी उत्साहित देखिएकी थिइन् ।

शोरबानो कोपेनहेगनमा हुदाँ धनी देशहरूले गरिब देशहरूलाई जलवायु परिवर्तनसँग जुध्न २०२० सम्ममा प्रत्येक वर्ष १०० बिलियन डलर दिने वाचा गरेका थिए । सो समयमा यसलाई प्रमुख प्रस्तावको रूपमा हेरिएको थियो किनभने यसले विकासोन्मुख देशहरूलाई उनीहरूको आवश्यकता र बेफाइदाहरूलाई गम्भीर रूपमा लिइएको संकेत गरेको थियो । तर आज १२ वर्ष बितिसक्दा पनि प्रमुख प्रस्ताव पूरा हुन सकेको छैन र अहिले जस्तो अवस्था छ, त्यो पूरा हुन सन् २०२३ सम्म समय लाग्नेछ ।

जताततै पानी

शोरबानो र गबुराका जनतासम्म केही सहयोग त पुगेको छ, तर त्यो सहयोग कोपेनहेगनमा गरिएको वाचा अनुसार पूरा गर्न सकिएको छैन । शोरबानो र गबुराले प्राप्त गरेको अधिकांश सहयोग बंगलादेशमा परिचालन गरिएको थियो । सहयोगमा माटोको बाँध बलियो बनाउन बालुवाका झोलाहरू पनि दिइयो तर हावाहुरीमा ती झोलाहरूको कुनै काम छैन । गाउँमा एउटा नयाँ विद्यालय बनेको छ र चक्रवात लागेपछि विद्यालयलाई शरणस्थानमा परिणत गरिन्छ ।
तर हरेक पटक समुद्र मिलिमिटर मिलिमिटरको हिसाबले बढेपछि र ध्रुवीय हिउँ पग्लिएपछि त्यहाँका स्थानीय कुवाहरू प्रदूषित भएका छन् र समुन्द्रबाट नुनिलो पानी आएको छ । यस्तो अवस्थामा त्यहाँ पिउने पानीको समस्या बढेको छ ।
शोरबानो भन्छन्, “हाम्रो वरिपरि पानी छ तर त्यसको कुनै फाइदा छैन, हामी गम्भीर संकटको सामना गरिरहेका छौं ।’’

यहाँ पिउने पानीको सबैभन्दा नजिकको स्रोत पनि एक माईलभन्दा टाढा छ । पानीको स्रोत परोपकारी संस्था अक्सफामले बनाएको हो। यो सौर्य उर्जाबाट चल्ने प्लान्ट हो, तर त्यहाँ पुग्न मानिसले चर्को गर्मीमा दैनिक एक माइल हिँड्नुपर्छ ।
प्रदूषित पानीका कारण नजिकैको पानीको स्रोत प्रयोग गरिरहने धेरैलाई छालासम्बन्धी रोग लागेको छ । विशेषगरी महिलालाई प्रदूषित पानीको प्रयोगका कारण उनीहरुमा संक्रमणको घटना पनि देखिएको छ । नुन पानी पिएपछि त्यहाँ बस्ने महिलामा गर्भपतनको घटना बढेको हो कि भनेर अनुसन्धानकर्ताहरुले अनुसन्धान गरिरहेका छन् ।

शोरबोनो अहिले ४४ वर्षको पुगिन् । उनी पहिले भन्दा धेरै चिन्तित र हताश देखिन्छन्। उनी भन्छिन्, “हामीलाई थाहा छैन हामी के गर्न सक्छौं । यदि मानिसहरूले हामीलाई मद्दत गरे भने, केहि परिवर्तन हुन सक्छ ।” “हामीसँग अन्य ठाउँमा जानको लागि पैसा छैन । मसँग मेरा छोराछोरीलाई दिन पनि केही छैन ।” उनका एक छोरा अहिलेझींगा फार्ममा काम गर्छन् । खेतहरू पोखरीमा परिणत भएकाले त्यस क्षेत्रमा यो बढ्दो उद्योग हो । तर स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्नको चरम अभाव भएको र त्यसका कारण कुपोषण जस्ता समस्या बढ्दै गएका छन् ।

 


शोरबोनोले आफ्नो कथाका पाठकहरूबाट सबैभन्दा धेरै के चाहन्छिन् ? विशेष गरी ग्लासगोमा भएको वार्ताको नतिजा तय गर्ने नेताहरूबाट तिनीहरूले के आशा गरेकी छन् ?
उनी एक बलियो सजिलै नष्ट नहुने तटबन्ध चाहन्छिन् । र पिउने पानीको सहज उपलब्धता चाहन्छिन् । तर सबैभन्दा पहिले उनी विश्वका नेताहरूबाट कारबाहीको अपेक्षा गरिरहेकी छिन् । उनी भन्छिन्, “हामीले धेरै दुःख पाएका छौं । हामी चाहन्छौं हाम्रा छोराछोरी र नातिनातिनाहरूलाई थप कष्ट भोग्न नपरोस् ।”

डेभिड शुकम्यानले विगत २० वर्षदेखि जलवायु परिवर्तनको बारेमा रिपोर्टिङ गर्दै आएका छन् र रिपोर्टरको रूपमा १० औं पटक ऋयउ सम्मेलनलाई कभर गर्दैछन् ।

डेविट शुकमैनकाे सहयाेग, यशु सापकाेटाकाे अनेवादमा दियाे पाेस्ट डट कम

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved