Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मेयेरकाे कमजाेरिले नागरिककाे गुनासाे सहित भडेल पुगे प्रचण्ड निवास,भन्छन् नगरकाेट सडक बनाउन सहयाेग गर्नाेस,मेयेरले गरेन अब म गराउँछु : प्रदेश मन्त्री भडेल(भिडियाे सहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 3, 2021
84 shares

काठमाडौं । सात वर्षदेखि निर्माणाकै क्रममा अलपत्र छ, कमलविनायकबाट नगरकोट जाने १६ किलोमिटरको सडक । सडक निर्माणका लागि ठेक्का पाएको कम्पनीले चरम लापरवाही र ढिलाइ गर्दा पनि सबै सरकारी निकाय तथा जनप्रतिनिधिहरु मौनजस्तै थिए ।

पछिल्ला दिनमा फेरि सडक निर्माणमा भएको ढिलाइबारे सम्बद्ध निकाय र जनप्रतिनिधिले चासो देखाउन थालेका छन् । यसलाई स्थानीयहरुले भने सामाजिक सञ्जालमा ‘चुनाव लागेको’ भन्दै टिप्पणी गरेका छन् ।

बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले अलपत्र सडकका निर्माणका लागि पहल शुरु गरेका छन् । उनले ठेकदर कम्पनी शैलुङ कन्सट्रक्सनले तिहारपछि ४५ दिनभित्र काम सम्पन्न गर्ने प्रतिवद्धता गरेको नगरबासिले आयोजनागरेको बधाई तथा शुभकामना कार्यक्रमा बाताए छन् । प्रदेशसभाको उपनिर्वाचनमा भँडेलले यो सडकलाई प्रमुख चुनावी एजेन्डा बनाएर नेपाली कांग्रेसबाट चुनाव जितेका थिए ।

मन्त्री भँडेलसहित कांग्रेस र माओवादीका स्थानीय नेताले आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवास खुमलटारमा भेटेका थिए । प्रचण्डले पनि नगरकोटको सडक निर्माणमा सहयोग गर्ने वचन दिएका छन् । नगरकोट सडकको ठेकदार शैलुङ कन्स्ट्रक्सन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ हाल बसिरहेको खुमलटारस्थित घरका घरबेटी शारदाप्रसाद अधिकारीको स्वामित्वमा छ ।

आफुले चुनावी नाराबनाएर भोट्पाइ चुनाव जितेपनीमाओवादी र एमालेको सयोक्त सरकार भएकाले आफुले केही गर्न नसकेको निर्बाचित मेयोर तथा नगरपालिका पनि यो सडक को दुर्दशा हेरिमात्ररहेको गुनासो भँडेलको थियो। भँडेलले प्रदेशको मन्त्री नियुक्त भएलगत्तै नगरकोट सडकको निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

नगरपालिका एकाएक सक्रिय

प्रदेशमन्त्रीले पहल शुरु गरेपछि चाँगुनारायण नगरपालिका पनि ठेकदारको विपक्षमा अघि आएको छ । चाँगुनारायण नगरपालिकाले सोमबार शैलुङ कन्ट्रक्सनविरुद्ध प्रधानमन्त्री समक्ष ध्यानाकर्षणपत्र पठाएको छ । कमलविनायकदेखि नगरकोटसम्मको निर्माणाधीन सडक नबनाएको ठेकदारलाई जिम्मेवार बनाउन नगरपालिकाको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत ध्यानाकर्षण पत्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको हो ।

सो सडक ७ वर्षदेखि अलपत्र छ । नगर प्रमुख सोमप्रसाद मिश्रले लेखेको पत्रमा समयमा सडक नबनेकाले पर्यटक र स्थानीयवासीहरु हिलो र धुलोको पीडा सहन बाध्य भएको उल्लेख छ । यो सडक बनाउन भारतीय कम्पनी एआईपीएल र शैलुङ कन्स्ट्रक्सनले जिम्मा पाएका हुन् । शैलुङ कन्स्ट्रक्सनले नै स्थानीय रुपमा काम गर्ने जिम्मा लिएर बसेको छ । सडक विस्तार गरेर ठेक्का कालोपत्रे गर्न २ असार २०७१ मा ठेक्का लागेको थियो । समयमै काम भएको भए यो काम ३ असार २०७५ मा सकिन्थ्यो ।

नगरपालिकाले पत्रमा सडक सममयै नबन्दा नगरकोटको पर्यटकीय गतिविधिमा पनि असर परेको उल्लेख गरेको छ । पर्यटकको आवागमन समेत घटेकाले ठेक्का सम्झौता रद्द गरेर अर्को प्रक्रियामार्फत काम अघि बढाउन माग गरेको छ । नगरपालिकाले संघ सरकारले नसक्ने भए स्रोतसहित स्थानीय सरकारलाई आयोजना हस्तान्तरण गर्न पनि भनेको छ । ‘हामीलाई स्रोतसहित जिम्मा दिइयो भने ६ महिनमा सडक बनाउँछौं,’ मिश्रले भने । एक महिनाभित्र आफ्ना माग पुरा नभएमा जस्तोसुकै कडा कदम चाल्न बाध्य हुने पत्रमा उल्लेख छ ।

नगरपालिकाले निर्माण व्यवसायसहित सडक विभाग, आयोजनाको कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय, संसदको विकास समितिसहित निकाय र संयन्त्रमा पटक–पटक जानकारी गराउँदा पनि समस्या समाधान नभएकाले प्रधानमन्त्रीसमक्ष नै यस्तो पत्र पठाउनुपरेको मेयर मिश्रले बताए ।

स्थानीयको दुखेसो

सडक नबनेपछि २०७६ को कात्तिक महिनामा नगरकोट त्यसआसपासका विभिन्न सार्वजनिक स्थान र त्यहाँ चल्ने सवारीहरुमा स्थानीयले ठेकेदार कम्पनीका मालिक शारदाप्रसाद अधिकारीका फोटो टाँसेर विरोध जनाएका थिए । कतिपय फोटोका माथिल्लो भागमा कुुकुर र बाँदरका तस्वीर समेत जोडिएका थिए । स्थानीयले २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेर सडक छिटो बनाउन माग गर्दै केही समय अघिदेखि स्थानीयबासिन्दा आन्दोलनमा गरेका थिए ।

एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट हुँदै नगरकोटसम्म पुग्ने ४० किलोमिटर सडक दुई वर्षभित्रै सम्पन्न गर्ने जिम्मा शैलुङ कन्सट्रक्सनले पाएको थियो । तर, सात वर्ष बितिसक्दा पनि काम कहिले सकिने भन्ने टुंगो छैन । नगरकाे जिम्मेवारी समालेकाे मेयरले यतिलामाे समयसम्म कुनै प्रकृया नगरेकाे र हाल भडेलले प्रकृयासुरु गरेपश्चात बाहानाकाेलागि याे नाैटंकि सुरु गरेकाे भन्ने स्थानियनागरिक हरुकाे गुनासाे छ।

निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र छाडिएको सडकमा खाल्डैखाल्डा छन् । सडकखण्ड अन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीयहरु सबैभन्दा बढी पीडित छन् । नगरकोट जाने पर्यटक पनि प्रभावित छन् ।

सडक विभागअन्तर्गत सडक सुधार आयोजनाले कुल २८ करोडको लागतमा विस्तार गर्न लागेको सडकको विस्तारका लागि आयोजनाले ठेक्का लगाएको थियो । नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चापसँगै यातायातका साधनको चाप पनि बढेपछि सडकलाई विस्तार गरी अब ७ मिटर कालोपत्र बनाउन लागिएको हो । तर, पटक–पटक म्याद थप्दा पनि काम नभएपछि स्थानीयहरु सरकार र ठेकदार सँग असन्तुष्ट छन् ।

सडक विभागका एक अधिकारीका अनुसार ठेकदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले कतिपय खण्डमा असारअघि ‘सिंगल कोट पिच’ गरेको थियो । तर, वर्षामा नयाँ पिच पनि भत्किएको छ । ‘१२ किलोमिटरमा डबल कोट गर्न बाँकी छ,’ ती अधिकारीले भने,‘शैलुङले अहिलेको शैलीले यो सडक अझै कित वर्ष अलपत्र हुन्छ भन्न सकिन्न ।’शैलुङसँग सडकका धेरै ठेक्का भएकाले गर्नुपर्ने काम अनुसारको क्षमता नभएको ती अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved