Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निगमका महाप्रबन्धक पौडेल र अवैध अध्यक्ष लामिछानेको पद धरापमा, कारबाही गर्न अख्तियारको निर्देशन!

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 3, 2021
183 shares

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रकाश पौड्याल र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको पद धरापमा परेको छ । उनीहरुलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन मन्त्तालयलाई निर्देशन दिएपछि उनीहरुको पद धरापमा परेको हो ।

आयोगले गत असोज २२ गते पर्यटन मन्त्रालयलाई निर्देशनात्मक पत्र लेख्दै कारबाहीका लागि सिफारिस गरेको हो ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले कुनै नियम सरोकारवाला निकायलाई जानकारी नगराई छलकपटपूर्ण शैलीमा रातारात रुपान्तरण गरी शतप्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गर्ने प्रावधानसहितको प्रबन्धपत्र बनाई निगम सञ्चालक समिति अध्यक्षले राजीनामा दिई स्वीकृत नभएको मौका छोपी गैरकानुनी तरिकाले सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछानेलाई अवैध अध्यक्ष बनाई निजको अध्यक्षतामा बसेको बैठकले संस्थालाई कम्पनीकरण गर्ने प्रपञ्च गरेको थियो । निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल प्रकाश र तथाकथित अध्यक्ष बुद्धिसागर लामिछानेको आपसी मिलेमतोमा अर्का सञ्चालक किशोर कुमार प्रधानले तयार पारेको कम्पनीकरण गर्ने प्रबन्धपत्रको मस्यौदालाई अनुमोदन गरी पर्यटन मन्त्रालयसमक्ष पेश गरेको थियो ।

पौडेल समुहको उक्त हर्कतका विरुद्ध निगमका तीनवटै ट्रेड युनियनले संयुक्त रुपमा झण्डै तीन महिनासम्म आन्दोलन गरेका थिए र अहिले संघर्षको रुप फोरेर बसेका छन् । ट्रेड युनियनले संयुक्त रुपमा संघर्ष गरिरहेकै बेला गत असार ३१ गतेको सञ्चालक समितिको बैठक बसेर निगमकै आर्थिक नियमावली २०६५ को परिच्छेद ३ को विनियम १२ बमोजिम प्रस्तावित बजेटको २५ प्रतिशत रकममा नबढ्ने गरी सम्पूर्ण बजेट शीर्षक समेट्ने गरी पेश्की बजेट स्वीकृत गर्नुपर्नेमा नियमविपरीत अख्तियारी दुरुपयोग गर्दै निगमको इतिहासमै धक्का लाग्ने गरी प्रचलित कानुन र नियमकै आर्थिक विनियमावलीविपरीत दुराशययुक्त तरिकाले कर्मचारीहरुको तलब शीर्षकबाहेक अन्य बजेट शीर्षक सञ्चालक समितिबाट अनुमोदन गरी आम कर्मचारीहरुको तलब समेत रोकेको थियो ।

महाप्रबन्धक पौडेल र प्रतिनिधि सञ्चालक लामिछानेको मिलेमतोमा भएको निगम र कर्मचारी हितविपरीतको कार्यविरुद्ध परेको उजुरी माथि छानबिन गरी आयोगले गत असोज १२ गते नै निर्णय गरेको थियो र उक्त निर्णयअनुसार कारबाही गर्न असोज २२ गते मन्त्रालयलाई निर्देशन दिएको थियो तर अहिलेसम्म अख्तियारले दोषी ठानेका ती व्यक्तिहरुमाथि मन्त्रालयले ठोस कारबाही गरेको छैन । सरकारले कार्यकारी अध्यक्षमा विवादित छविका युवरा अधिकारीलाई नियुक्त गरेपछि पौड्याल कामकाज विहिन भएका थिए । अधिकार विहिन भएपनि राजिनामा दिनुको सट्टा उनी भने निगम बेच्ने खेलमा सक्रिय छन् ।Diyo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved