Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजमार्गका होटलमा घुमुवा प्रहरीको असुली : वेस्यावृत्तिको आरोपमा फसाउने धम्की

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 2, 2021
66 shares

सप्तरी, १६ कात्तिक । सप्तरीमा घुमुवा प्रहरीको आतक बढदै गएको छ । पछिल्लो समय होटल, रेन्टुरेन्ट र लज ब्यवसायीहरु घुमुवा प्रहरीका नाममा आतंकित भईरहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत सई संजय न्यौपाने नामका ब्यक्तिले धम्की दिएर पैसा असुल गर्न थालेपछि आफुहरु समस्यामा परेको ब्यवसायीहरु वताउँछन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीदेखी भारदहसम्म घुमुवा असईको आतंक बढेको हो । जिल्लाको कंचनपुर, रुपनगर, महुली, सितापुर, भारदह, रुपनीसहितका बजारमा राजमार्ग छेउमा खुलेका होटल तथा लजमा गई आफु धुमुवा भएको वताएर न्यौपानेले पैसा उठाउने गरेका छन् । साँझ परेपछि आएर होटलमा वस्ने, खानपिन गर्ने अनि ‘यो होटलमा वेस्यावृत्ति गरेको सुचना आएको छ लेनदेन गरेर कुरा मिलाउने भए ठिकै छ, नत्र कारवाही अगाडि वढाउँछु’ भन्दै पैसा असुलने गरेको सञ्चालकहरुको भनाई छ ।

आफुले गलत नगरे पनि प्रहरीले कुनै आरोप लगाएर पक्राउ गर्यो भने एकातर्फ समाजमा प्रतिष्ठा सकिने र अर्कोतर्फ ब्यवसाय नै ठप्प हुने डरले आफुहरु पैसा दिन वाध्य हुनु परेको उनीहरुको गुनासो छ । ‘वेस्यावृत्तिको आरोपमा पक्राउ परियो ब्यवसाय त डुब्छ–डुब्छ, अर्कोतर्फ इज्जत पनि सकिन्छ’ एक ब्यवसायी भन्छन्–‘इज्जत र ब्यवसाय दुवै गुमाउँनु भन्दा वरु अलिअलि दिएर पठाउँछौं ।’राजमार्ग छेउछाउ खुलेका अधिकांश होटलहरुको समस्या रहेको छ ।

प्रहरीको नाममा भईरहेको यस्तो कृयाकलापका विषयमा अहिलेसम्म जिल्ला प्रहरी कार्यालयले कुनै प्रतिक्रिया नजनाउनु आश्चर्य भएको उनीहरुको भनाई छ । ‘होटेल संचालन कुनै समस्या भए स्थानिय प्रशासनले भनि दिनुपर्यो नत्र यसरी दुःख दिनु राम्रो होईन’ उनीहरु भन्छन् ।

न्यौपानेले सप्तरीको रुपनगर स्थित धरापानीको एक होटलमा केही पर्यटकहरुलाई समेत दुब्र्यवहार गरेको पाईएको छ । उज्वेकिस्तानवाट आएका २० बर्षिय इनोबाट राजाबोभा, २२ बर्षीय इस्मिगुल राजाबोभा र १८ बर्षिय डाइना यूसुफपोभालाई दुब्र्यवहार गरेको प्रत्यक्षदर्शीहरुले वताए । ३ दिन आगाडी ३ उज्वेकिस्तानीसहित ५ जनालाई भारतीय एसएसबीले जोगवनी नाकाबाट पक्राउ गरेको थियो । उनीहरु सप्तरीबाटै विरानगरसम्म गएको श्रोतको दावी छ ।

जानकारी अनुसार न्यौपानेले रुपनगरमा दुब्र्यवहार गरेपछि उनीहरु विराटनगर गएका थिए । सप्तरी प्रहरीका डिएसपी माधव प्रसाद काफ्लेले जिल्ला प्रहरी कार्यालयमा संजय न्यौपाने नामका सई कार्यरत रहको पुष्टि गर्दै उनको विषयमा कतैवाट त्यस्तो उजुरी भने नआएको वताए । यद्यपी आन्तरिक छानविन गरेर गलत काम गरेको पुष्टि भए कारवाही गर्ने उनले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved