Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मन्त्रि मनाङ्गेकाे सम्पति सार्वजानिक, डेडकराेड ऋण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 2, 2021
[webverse_shares]

पोखरा । आफ्नो सम्पतिबारे आफैं ‘कन्फ्युज’ रहेको बताएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनले अर्कैको नाममा जग्गा र आफू ऋणमा रहेको विवरण सार्वजनिक गरेका छन् । अर्कैको नाममा बैनापट्टा गरेको, संयुक्त लगानीमा जग्गा र कृषि फार्म रहेको तथा आफू ऋणमा रहेको मनाङेको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

गत जेठ २९ गते नियुक्त भएका मन्त्री मनाङेले असोज १८ गते आफ्नो सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका थिए । मन्त्री नियुक्त भएको ६० दिनभित्र पेश गर्नुपर्ने प्रावधान रहे पनि मनाङेको सम्पत्ति विवरण साढे चार महीनापछि सार्वजनिक भएको हो ।

मनाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित मनाङेले स्थाथी ठेगाना काठमाडौं-२९ उल्लेख गरेका छन् भने हालको ठेगाना पोखरा-१४ काजीपोखरी खुलाएका छन् ।

समयमै सम्पत्ति विवरण सार्वजनिक नगरेका मनाङेले भदौ २७ गते सम्पत्ति जम्मै पहिलेको छोराछोरी, श्रीमतीको नाममा राखिदिइसकेको बताएका थिए । तर, उनको एउटा छोराको नाममा जग्गा देखाए पनि अरु सम्पत्ति भने खुलाएका छैनन् ।

मनाङेले २०७० सालमा अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेका थिए । २०७४ सालमा उनले विशेष अदालतबाट सफाइ पाएका थिए ।

‘केटाहरू’को नाममा थुप्रै लगानी गरेको बताएका मनाङले सम्पत्ति विवरणमा अर्कैको नामको जग्गामा बैनापट्टा गरेको देखाएका छन् । तर, ती लगानीको स्रोत भने मनाङेले उल्लेख नै गरेका छैनन् ।

मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं-२९ धर्मस्थलीमा क्रमशः कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको खुलाएका छन् । जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।

यसैगरी मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरि-२ मा ३ रोपनी जग्गा रहेको मनाङेले उल्लेख गरेका छन् । पदमपोखरी मकवानपुरमा उक रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको उनले बताएका छन् । जग्गाको विवरणमा मनाङेले स्पष्ट हुने गरी खुलाएका छैनन् ।

‘मालती महतरासँगको जग्गा संयुक्तमा हो भने मकवानपुरको पदमपोखरीमा छोरा दि्रव्यको नाममा रहेको जग्गा हो,’ मनाङेका स्वकीय सचिव रोनित गुरुङले भने, ‘गण्डकी एग्रोभेट उल्लेख भए पनि त्यो गण्डकी एग्रिकल्चर हो । त्यो पामेभन्दा माथि लौरुकमा छ ।’

मनाङेले बुझाएको सम्पत्ति विवरणमा मकवानपुरमा यत्मेय गुरुङको नाममा जग्गा रहेको उल्लेख भए पनि त्यसबारे आफूले पनि नबुझेको भन्दै मकवानपुरमा छोराको नाममा रहेको जग्गा भएको रोनितको भनाइ थियो ।

२२ तोला सुन, १० लाख नगद र डेढ करोड ऋण

२०५४ सालमा १५ तोला र २०७० मा ७ तोला तत्कालीन मूल्यअनुसार खरिद गरी आफूसँग २२ तोला सुन रहेको मनाङेले उल्लेख गरेका छन् । २०५४ मा वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसायबाट सुन प्राप्ति गरेको मनाङेले स्रोत उल्लेख गरेका छन् ।

मनाङेले एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ मौज्दात देखाएका छन् । उक्त रकम सांसद र मन्त्री हुँदा प्राप्त भएको उनले उल्लेख गरेका छन् ।

व्यवसायबाट २०६८ सालमा खरिद गरेको ४५ तोला चाँदी मनाङेसँग छ । पैतृक सम्पतिका रुपमा मुगाको माला ८३ तोला रहेको उनले उल्लेख गरेका छन् ।

मनाङेले ६ करोड १० लाख रुपैयाँ ऋण लिएर ४ करोड ७० लाख रुपैयाँ तिरेको सम्पति विवरणमा उल्लेख गरेका छन् । २०७३ सालमा कर्म गुरुङसँग ४० लाख रुपैयाँ ऋण लिएको मनाङेले बताएका छन् । यस्तै रमेश रानासँग २०७७ सालमा ४० लाख रुपैयाँ, मनाङ फलफूल सप्लायर्ससँग २०७३ सालमा ६० लाख ऋण लिएको मनाङेले सम्पति विवरणमा देखाएका छन् ।

टीका भण्डारीसँग दुई करोड ३५ लाख रुपैयाँ ऋण लिएर २०७१ सालमा तिरेको र २०७२ सालमा टासी गुरुङसँग २ करोड ३५ लाख रुपैयाँ ऋण लिएर चुक्ता गरेको विवरण मनाङेले उल्लेख गरेका छन् । विवरणअनुसार मनाङे १ करोड ४० लाख रुपैयाँ ऋणमा देखिएका छन् ।

संघर्ष गाईभैंसी प्रालिमा भैंसी २० वटा र गाई ५ वटा रहेको मनाङेले बताएका छन् । यसको ठाउँ उल्लेख नभए पनि यो पोखरा-१४ काजीपोखरीमा रहेको उनका स्वकीय सचिव रोनितले बताए । त्यसमा आˆनो ४० प्रतिशत शेयर रहेको मनाङेले बताएका छन् ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ९ जना मन्त्रीको सम्पत्ति विवरण भदौ ९ गते सार्वजनिक भएको थियो । त्यतिबेला अवधि पुगिसकेको भए पनि मनाङेले सम्पति विवरण बुझाएका थिएनन् भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले कोरोना लागेका कारण सो बेला बुझाएका थिएनन् । अहिले बुढाले पनि सम्पति विवरण बुझाइसकेका छन् ।

मनाङबाट स्वतन्त्र सांसद बनेका मनाङे पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा २ पटकसम्म युवा तथा खेलकुद मन्त्री बनेका थिए । पृथ्वीसुब्बाको सरकार ढल्ने निश्चित भएपछि मनाङेले कित्ता परिवर्तन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको गठबन्धनलाई काँध थापेपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved