Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साथीकी श्रीमतीलाई दिल्ली पुर्‍याएर बिक्री

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 2, 2021
93 shares

चार वर्षपछि बेचिएकी चेलीको उद्धार, उजुरी दिएको ६ महिनापछि आरोपी पक्राउ काठमाडौ । काठमाडौंका ३० वर्षीय रविन श्रेष्ठ (नाम परिवर्तन)ले नुवाकोट दुप्चेश्वर– ६ का ३९ वर्षीय जान्द्रे भनिने रामबहादुर तामाङलाई साथी बनाए । अन्ततः उनैले रविनको श्रीमती भारतको दिल्लीस्थित कोठीमा लगेर बेचिदिए । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई शनिबार तारकेश्वर– ७ फुटुङस्थित नागपोखरीबाट पक्राउ गरेपछि घटना पुष्टि भएको हो ।

उनले काठमाडौंको जमलस्थित पुस्तक पसलमा सरसफाइको काम गर्ने २१ वर्षीया बबिना श्रेष्ठ (परिवर्तित नाम)लाई ०७४ साउनको अन्तिम साता भारतको दिल्लीस्थित जिबी रोडको ५९ कोठीमा लगेर बेचेका थिए । बेचिएकी बबिना जान्द्रेको मिल्ने साथीकी श्रीमती हुन् । ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले बबिनालाई जान्द्रेले एक लाख रुपैयाँमा बेचेको जानकारी दिइन् । उनले भनिन्, ‘बबिनालाई जान्द्रेले एक लाख रुपैयाँमा दिल्ली लगेर बेचेको देखिन्छ । बेचिएकी बबिना जान्द्रेको मिल्ने साथीकी श्रीमती हुन् ।

उसले बबिनालाई अनेक प्रलोभन दिएको र सोही प्रलोभनमा बबिना फसेको देखिन्छ ।’ यसरी लोभिएकी थिइन् बबिना प्रहरीका अनुसार बबिना श्रीमान्सँगै काठमाडौंमा बस्थिन् । उनी जमलस्थित पुस्तक पसलमा सरसफाइको काम गर्थिन् । श्रीमान् सधँै बिरामी हुन्थे । रक्सी खाने बानीका कारण श्रीमान्सँग उनको खासै मिल्ती थिएन । यही क्रममा साथी भन्दै श्रीमान्ले नै बबिनासँग जान्द्रेसँग भेट गराइदिए ।

जान्दे्रले बबिनाको सम्पर्क नम्बर लिएर बारम्बार फोन गरिरहन थाल्यो । र, श्रीमान्सँग छुट्टिन उक्साइरह्यो । सोही क्रममा जान्द्रेले भारतमा साडीमा बुट्टा भर्ने सजिलो काम दिलाइदिने, त्यसबापत प्रतिमहिना १० हजार रुपैयाँ कमाइ हुने प्रलोभन देखाएपछि बबिना लोभिइन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार श्रीमान्को दिनरातको कचकचबाट मुक्ति मिल्ने र कमाइ पनि हुने भएपछि बबिना जान्द्रेसँग जान राजी भएकी थिइन् । स्वयम्भूबाट बस चढाई जान्द्रले बबिनालाई नेपालको सीमासम्म लग्यो ।

त्यसपछि मोटरसाइकलमा राखेर सीमानाका कटायो । रेलमा चढी दुवै दिल्ली पुगे । दिल्लीको बिबी रोडस्थित ५९ कोठीमा छाडेर जान्द्रे एकाएक गायब भएपछि मात्र बबिनाले आफू बेचिएको सुइँको पाएकी थिइन् । बिरामी भएपछि उद्धारको बाटो खुल्यो बबिनाले कोठीमा प्रत्येक दिन १५ देखि २० जना अपरिचित ग्राहकसँग यौनसम्पर्क राख्नुपथ्र्यो । प्रहरीले छापा मार्दा कोठी मालिकले अर्कै ठाउँमा लुकाउँथ्यो । यही क्रममा उनी टिबी रोगको सिकार भइन् । पाठेघरमा पनि पानी जम्यो ।

नियमित उपचारका लागि मेडिकल जानुपर्ने भयो । यही क्रममा उनको बिबी रोडमा चितवनकी एक परिचित महिलासँग भेट भयो । उनैमार्फत बबिनाले परिवारसँग सम्पर्क गरिन् । परिवारको सहयोगपछि गत चैतमा बल्ल उनको उद्धार भयो । त्यसपछि गत १७ वैशाखमा उनले प्रहरीमा जाहेरी दिइन् । सोही जाहेरीका आधारमा प्रहरीले बेचबिखनमा संलग्न जान्द्रेलाई शनिबार पक्राउ गर्न सफल भएको हो । एसएसपी सिंहले भनिन्, ‘कोठीमै रहँदा बबिना टिबीबाट पीडित भइन् । पाठेघरमा पनि पानी जम्यो । उपचारका लागि अस्पताल जानुपर्ने भयो । यही क्रममा उनले परिवारका सदस्यलाई खबर गरिन् । त्यसपछि मात्रै उद्धार भएको देखिन्छ ।’ नयाँ पत्रीका

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved