Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दक्षिणपन्थी सरकार बनाउने नाम चाहीं एकीकृत समाजवादी रे : ओली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 2, 2021
90 shares

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँ ढले कोही अचम्ति हुन नपर्ने बताएका छन्। पाँच दलीय गठबन्धनको सरकार गन्तब्यविहीन हुँदै अल्मलिएको आरोप उनले लगाए। गठबन्धनका पाँच दल पाँचतिर फर्केको टिप्पणी गर्दै उनले भागवण्डा गर्नका लागि मिलेको आरोप उल्लेख गरे।

आफूहरुले चाहे एक सातामा सरकार ढाल्न सक्ने बताउँदै अहिले पार्टीलाई एक्लै बहुमत ल्याउन आफूहरु निर्वाचनको तयारीमा लागेको बताए। नेकपा एमाले भरतपुर महानगरको पहिलो नगरसभालाई सम्बोधन गर्दै उनले पाँचदलको गठबन्धनलाई चुनौती दिएका हुन्। अध्यक्ष ओलीले पाँच दलीय सरकारलाई लुत्तो लागेको कुकुरसँग तुलना गरेका छन्। ‘यो सरकार कहाँ जाने केही थाहा छैन। यी पञ्चमुखीहरु पाँचतिर फर्केका छन्। कता जाने थाहा छैन। यिनका मुखलाई खान आँउछ। यी खान पसेका छन् ’, उनले भने, ‘ यो सरकार आफैं ढल्यो भने कसैले अचम्म नमान्नु होला ।

यो सरकार लुतो लागेको कुकुरजस्तो हो। जति चल्छ उति खुइलिंदै जान्छ। ’ उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निर्वाचनमा बोकेर धोका आएको बताए। अब त्यसबाट सतर्क रहने उनको भनाइ छ। ‘अघिल्लो चुनावमा म पनि दुई-दुई पल्ट आएर रामको जन्मभूमिमा ,बाल्मिकीको आश्रममा के ल्याएर काँधमा बोकेर प्रचार गरेछु। अहिले आफैं छक्क परेको छु ’, उनले भने, ‘काँग्रेसले छोरी बोकेर बढ्दै फूर्ति लायो। हामीले बाउ नै उठाइदियौं।

तर अब हामीले त्यस्तो कुनै गल्ति गर्नुहुँदैन। ’एमालेले एकल बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दावी उनले गरे। उनले वर्तमान सरकार परमादेशाट बनेको भन्दै आफूहरु मूल ढोकाबाट सिंहदार प्रवेश गर्ने बताएका छन्। आउने निर्वाचनबाट एमाले एक्लैले बहुमत ल्याउने बताउँदै उनले जनताको अभिमतका साथ एमाले सत्तामा पुग्ने बताए। ‘हामी बत्ति निभाएर होइन, मतपत्र च्यातेर होइन, धाँधली गरेर होइन पवित्र मतले जित्ने स्थिति बनाउँछौं’, ओलीले भने, ‘हामी गल्लिगल्लिबाट होइन , राती-राती होइन घाम लागेको बेलामा पवित्र माध्यमबाट मूल ढोकाबाट सिंहदरवार छिर्छौं। ’

उनले सरकारको कार्यशैलीको तीव्र आलोचना गरे। पाँच दलीय गठबन्धन भाग खानका लागि भएको आरोप लगाए। पार्टी टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीलाई पनि उनले प्रहार गरे। कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थीको पक्षमा लागेको भन्दै माधव नेपालको आलोचना गरे।‘टुक्रिएर एउटा चोइटो गयो। त्यसको नाम चाहीं एकीकृत समाजवादी रे। पार्टी फुटाउने, कम्युनिष्ट सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने नाम चाहीं एकीकृत समाजवादी रे ’, उनले व्यङ्ग्य गरे, ‘त्यस्ता मान्छेको पछाडि लागेर दुई चार जना लुरुलुरु के हिंडेका छन्। उनीहरु हराउन लड्छन् हामी जित्नको लागि लड्ने हो। ’

चुनावसम्म पाँचदलीय गठबन्धनको लागि एमाले उक्लै काफी रहेको दावी गरेका छन्। उनले बैशाखी नटेकेरै चिर्वाचन जित्ने बताए। पार्टीका बाग्मती प्रदेश इन्चार्ज रामबहादुर थापा बादलले मूलढोकाबाट सिंहदरवार छिरेर सत्तामा स्थापित हुने बताए। पार्टीको अधिवेशनलाई निर्वाचन केन्द्रीत अभियान चलाइको भन्दै पार्टीलाई जनादेशबाटै सत्ताको नेतृत्वमा पुर्‍याउने बताए।

‘परमादेशबाट हाम्रो पार्टीलाई सबै ठाउँमा अपदस्थ गरिएको छ। परमादेशबाट होइन सिंहदरबारको मूलढोकाबाट राजकीय सत्तामा स्थापित गर्छौं’, उनले भने, ‘सुक्ष्म तरिकाबाट लोकतान्त्रिक विधिबाट पार्टीलाई पूर्नस्थापित गर्ने हो निर्वाचनको तयारीको योजनाबाट स्थानीय , प्रदेश र केन्द्रमा पूर्नस्थापित गर्ने हो। ’ उनले वडाबाटै पार्टीको सुदृढीकरण थालेको बताए। अधिवेशनले पार्टी नेतृत्वको चयन मात्रै नगरी निर्वाचनको तयारी समेत गरेको बताए। उनले एमालेले मात्रै राजनैतिक स्थिरता कायम गर्ने बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved