Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमालेले बेलाैरी सहित ३ नगरमा रातारात चयन गर्याे नेतृत्व, कंचनपुरका ६ तहमा बाकी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 2, 2021
93 shares

महेन्द्रनगर ,कञ्चनपुरका ९ ओटै स्थानीय तह मध्ये नेकपा एमालेको तीन स्थानीय तहमा नगर अधिवेशन सम्पन्न भएको छ ।सोमबार दिउँसो ९ ओटै स्थानीय तहमा उद्वघाटित नगर अधिबेशनमा बेलौरी, शुक्लाफाटा नगरपालिका र लालझाडी गाउँपालिकामा मात्रै नगर नेतृत्व चयन भएको हो ।

मङ्गलवार बेलुका सम्म बाकी ६ स्थानीय तहमा नयाँ नगर नेतृत्व चयन हुने एमाले कंचनपुरले जनाएको छ ।“हिजो उद्घाटन र बन्दसत्र लम्बिएको कारण प्राय स्थानीय तहमा नेतृत्व चयन हुन सकेन” एमाले कंचनपुरका सचिब सुरेन्द्र बिष्टले अभियानसङ्ग भने ” आज कंचनपुरका सवै तहले नयाँ नेतृत्व पाउछन् ।”

कतिपय स्थानमा निर्वाचन प्रक्रिया ढिला शुरु भएको र उम्मेदवारी दर्ता गर्न समयको अभाव भएको सचिब बिष्टले बताए ।बेलौरीमा पनि लामो छ्लफल पछि मध्यरातमा नगर समितिमा चयन भएको हो । त्यहा बाबुराम न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नगर कमिटी गठन गरिएको छ ।

सहमतिका आधारमा गठन गरिएको नगर कमिटीको उपाध्यक्षमा महेश्वरी खत्री, सचिवमा लोकेन्द्र जोशी तथा उपसचिवमा शिवराज राना र हस्त बहादुर विक निर्विरोध चयन भएका छन् ।

बेलौरी नगरपालिकामा ५ पदाधिकारी सहित ७५ सदस्यीय नगर कमिटी गठन गरिएको प्रमुख निर्वाचन अधिकृत वेद प्रसाद उपाध्यायले बताए ।केन्द्रीय लेखा आयोगका सदस्य ईश्वरी प्रसाद खरेलको प्रमुख आतिथ्यमा सोमबार मध्यान्हबाट सुरु गरिएको प्रथम नगर अधिवेशनको बन्दसत्र मध्यरातसम्म चलेको थियो ।

गहन छलफल गरी सहमतिका आधारमा नगर कमिटीको टुङ्गो लगाइएको नेकपा एमाले बेलौरीले जनाएको छ भने यसैगरी शुक्लाफाटा नगरपालिकामा भक्तराज जोशीको अध्यक्षतामा ७१ सदस्यीय नगर कमिटी चयन भएको छ ।

उपाध्यक्षमा काशि सिह महरा, सचिवमा देब दत्त भट्ट
उप सचिवमा मोनिका भट्ट र उत्तर देब भट्ट सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सोमबार एमाले लालझाँडी गाँउपालिकामा ओम प्रकास रानाको नेतृत्वमा ७५ सदस्यस्यी गाँउ कमिटि विस्तार भएको छ ।उपाध्यक्ष रञ्जिता राना , सचिव निर्मल राना, उप सचिवमा गोकर्ण सिह धामी र राम सुन्दर राना रहेका छन । निर्वाचित कमिटलाई नेकपा एमाले अध्यक्ष बीर बहादुर थापाले बधाई तथा शुभकामना दिएका छन ।कंचनपुरमा भीमदत्त, बेदकोट, कृष्णपुर,दोधाराचादनी, पुनर्वास,बेलौरीगरी ७ नगरपालिका र लालझाडी, बेलडाडी गरी २ गाउँपालिका छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved