Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सैनिक अदालत पठाएको मुद्दा चितवनमै फर्काउन सर्वोच्च अदालतको आदेश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 1, 2021
93 shares
चितवन । चितवन जिल्ला अदालतले सैनिक अदालत पठाएपछि सैनिक अदालतले २५ वर्ष कैद सजाय सुनाएको मुद्दा पुनः जिल्ला अदालतमा नै फर्कने भएको छ। सैनिक जवानले गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाइ सैनिक अदालतमा गर्नका लागि चितवन जिल्ला अदालतले आदेश गरेको र पाटन उच्च अदालतअन्तर्गत हेटौँडा इजलासले समेत सदर गरेको उक्त मुद्दा पुनः जिल्लामा नै फर्किएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले जिल्ला र उच्च अदालतको आदेश कार्यान्वयन नगर्न र उक्त मुद्दा पुनः जिल्ला अदालतमा नै फर्काउन आदेश जारी गरेको हो। नेपालकी सेनाको ‘महेन्द्र दल गण’ शिवपुरीमा कार्यरत जवान गंगाराम ढकालले सोही गणका हुद्दा भरत गुरुङलाई गत साउन ७ मा चितवनको भरतपुर–१७ मा गोली हानी हत्या गरेका थिए। त्यसमा प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा हत्या मुद्दा चलाएको थियो। सैनिक जवानले गरेको हत्यासम्बन्धी मुद्दालाई सैनिक अदालतमा सुनुवाइ गर्न चितवन जिल्ला अदालतले आदेश दिएको थियो। उक्त आदेशलाई पाटन उच्च अदालतको हेटौँडा इजलासले समेत सदर गरेको थियो। तर सर्वोच्च अदालतले भने उक्त आदेश कार्यान्वयन नगर्न आदेश जारी गरेपछि उक्त मुद्दा पुनः चितवन जिल्ला अदालतमा नै फर्किएको हो।
कांग्रेस र माओवादीलाई नुवाकोटमा कोल्याप्स पार्न एमाले नेता गोकुल बाँस्कोटाको निर्देशन नुवाकोट । नेकपा एमालेका प्रभावशाली युवा नेता गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा नुवाकोट जिल्लामा कांग्रेस र माओवादीलाई कोल्याप्स पार्न निर्देशन दिएका छन । आइतबार एमालेको विदुरनगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले आगामी निर्वाचनमा कांग्रेस र माओवादीलाई कोल्याप्स गर्नुको विकल्प नरहेको बताए ।करिब डेढ घण्टा सम्बोधन गरेका बाँस्कोटाले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा मात्रै किम्तिमा १३८ सिटमा जित हाँसिल गर्नुपर्ने बताए ।
उनले ६ पटक अर्थमन्त्री भएका डा रामशरण महतले विकासका नाममा जिल्ला जोड्ने एउटा सडक समेत बनाउन नसकेको भन्दै जनताले मतदान गर्ने कि मलामी बन्ने भन्ने विषयमा निर्णय लिनुपर्ने बताए । कांग्रेसले पटक पटक सत्तामा बसेर केही नगरे पनि नेकपा एमालेले त्रिदेशीय मार्गको नुवाकोट खण्ड कालोपत्रे गरिसकेको र छहरे टोखामा सुरूङ मार्ग निर्माणको काम सुरू हुने चरणमा पुर्याएको बताए । उनले नुवाकोटकै बाटो हुँदै काठमाडौँ रेल पुर्याउनका लागि एमालेले सपना देखेको भन्दै साकार पार्ने काम पनि एमालेले नै गर्ने बताए । नेता बाँस्कोटाले विकासका लागि एमालेको विकल्प नभएको बताए । उनले वडा तहदेखि संगठन बलियो बनाउँदै गएपछि चुनावमा राम्रो नतिजा प्राप्त गर्न सक्ने बताए ।
प्रतिगमनको सामना गर्न माओवादी केन्द्र सक्षम छ : अर्थमन्त्री शर्मा हेटौँडा । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्माले माओवादी परिवर्तनको संवाहक भएको दाबी गर्दै यसमाथि निरन्तर प्रहार भइरहेको बताएका छन्। आइतबार मकवानपुरको हेटौँडामा माओवादीको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। उनले नेपालको संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतका परिवर्तन माओवादी आन्दोलनले सम्भव भएको भन्दै माओवादी सधैँ परिवर्तनको संवाहक भएको जिकीर गरे।
त्यही परिवर्तनको संवाहकमाथि अहिले निरन्तर प्रहार भइरहेको भन्दै त्यसको सामना डटेर गर्नसमेत कार्यकर्तालाई आग्रह गरे। परिवर्तनको संवाहक माओवादी पार्टी हो, त्यसको नेता नायक प्रचण्ड हुन्’, उनले भने, ‘अहिले परिवर्तनको संवाहक माओवादीलाई नढालेसम्म प्रतिक्रान्ति गर्न सकिँदैन भनेर उनीहरूले बुझेका छन्। त्यसैले निरन्तर आक्रमण गरिरहेका छन्।’ त्यस्तो प्रतिक्रान्तिलाई परास्त गर्न माओवादी पंक्ति एक जुट भएर जनतामा जानुपर्नेमा नेता शर्माले जोड दिए। पूर्वअर्थसचिव रामेश्वर खनालको भनाइप्रति लक्षित गर्दै उनले त्यसलाई आक्रमणको निरन्तरता भएको बताए। ‘प्रतिगमनकारीले मान्छे प्रयोग गरेर माओवादीको पानी छामेको हो त्यो’, उनले भने, ‘त्यसको सामना गर्न माओवादी र जनता सक्षम छ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved