काठमाडौ । हिन्दुहरुको दोश्रो ठुलो चाड दिपावलि नजिकिँदै गर्दा दशैँ को लगत्तै बजारहरुको माहोल फेरिपनि एकपटक तातिन थालेको छ। असन बजार, भृकुटिमण्डप लगायतको ब्यापारिक क्षेत्रहरुमा किनमेलकोलागि भिडभाड बढेको देखिन्छ भने देउसि भैलोको लागि विभिन्न क्लब तथा पार्टिका भातृ संगठनहरुपनि तमतयार हुँदै गरेको देखिन्छ।
त्यस्तै नेकपा एमाले खोटाङ(काठमाडौं सम्पर्कमञ्चले पनि तयारि गरिरहेको जनाएको छ।
यहि आउँदो बुधबारका दिन बानेश्वरस्थित अन्नपुर्ण पार्टिप्यालेसमा आयोजना गरिने बृहत देउसि भैलो कार्यक्रमको लागि मञ्चका तर्फबाट अध्यक्ष नवराज रोकाको संयोजकतवमा सबैलाई निमन्तरणा गरेकाछन्।
नेकपा एमाले खोटाङ( काठमाडौं सम्पर्कमञ्चको तर्फबाट गरिने उक्त देउसि भैलो कार्यक्रम १७ गत्ते बुधबार बिहान ११ बजेबाट साँझ सम्मै रहने र सो कार्यक्रममा जिल्लाबाट काठमाडौ आई बसोबासगर्ने तथा विभिन्न पेसामा आबद्द खोटाङ्गेहरुको उल्लेख्य उपस्थिति रहने आयोजक श्रोतले बताएको छ।
