उनीहरुले प्रदर्शनको क्रममा देखाएको ब्यानरमा ‘हड्तालकारी न्यायाधीशलाई इजलासमा घिसारेर लानैपर्छ’ ‘नकचर मिडिया, अन्धभक्त अधिवक्ता’ लेखिएको थियो ।
न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा नेपाली जनता ठूलो मारमा परेको उनीहरुको सडक नाटकको आशय थियो । नाटकको क्रममा उनीहरुले इजलास बहिष्कार गर्ने न्यायाधीशहरुलाई घिसारेर इजलासमा लगेका थिए ।



