राजेश पन्त,काठमाडौं ।
लामाे समयदेखि काेभिड १९ काे कारण कुनै पनि सभा सम्मेलनहरुमाथि प्रसासनले लगायकाे बन्देजकाे कारण बन्द रहेकाे धार्मिक संस्थाहरु खुल्न थालिसकेकाे छ।

हिन्दु धर्मावलम्विहरुकाे आस्थाकाे केन्द्र पशुपतिनाथकाे मन्दिर केही दिनदेखि खुल्याे भने मस्जित, गुम्बा र चर्चहरु पनि बिस्तारै खुल्दैरहेकाे छ। त्यसरिनै लामाे समय सम्म जमघट गर्न नसकेकाे इसाई समुदायहरुले आज काठमाडौं मा एक जमघट कार्यक्रम सम्पन्न गरेकाे छ।

उपत्यकाकाे तिनै जिल्लाका धर्म गुरुहरुकाे उलेख्य उपस्थितिरहेकाे साे कार्यक्रम काठमाडौं स्थित क्यापिटल चर्चकाे पाष्टर पुरण रसाइलीकाे अगुवाइमा गरिएकाे कार्यक्रममा संबद्ध श्राेतले बताएकाे छ। उक्त कार्यक्रममा धर्मगुरुहरुबाट राष्ट्र र नागरिकहरुकाे समृद्धि र सुस्वास्थयकाे प्रार्थना सहित सुरु गरियकाे साे कार्यक्रममा उपत्यकाका विभिन्न चर्चबाट अगुवा तथा बिस्वाशिहरुकाे पनि उल्लेख्य उपस्थिति रहेकाे आयाेजकले बताए।
