Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बार–बेञ्च समन्वय समिति ‘सेटिङ समिति हो’ – स्वागत नेपाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 30, 2021
754

काठमाडौं। अधिवक्ता स्वागत नेपालले नेपाल बार एशोसिएशनले अघि सारेको आन्दोलनमाथि प्रश्न उठाएका छन्। उनले नेपाल बार एशोसिएशन हुँदाहुँदैपनि बार–बेञ्च समन्वय समिति गठन गरिएको भन्दै यसलाई सेटिङ समितिको संज्ञा दिए ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानको तर्फबाट हामीले आजभन्दा तीन वर्ष अगाडि न्यायालयभित्रको आमूल सुधारको लागि दीर्घकालिन प्रस्ताव अघि सारेका थियौं । संसद् सचिवालयमा ०७७ साउन १७ गतेनै यो प्रस्ताव दर्ता गराएका थियौं । सबै दलका संसदीय दलका कार्यालयमा पनि ध्यानाकार्षण गराएका थियौं । हामी स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानको तर्फबाट आन्दोलनको कार्यक्रम घोषणा गरेका छौं । हामीले न्यायापालिकाभित्रको विकृति, विसंगति छ भन्दै यी विकृति र विसंगतिको विरुद्धमा आवाज उठाउँदै आएका छौं । अहिलेको अवस्थामा कम्तिमा बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्नु भनेको मानवताविरुद्धको अपराध हो । न्यायालय भनेको सरकारको पनि अभिभावक हो, आम नागरिकको त हुँदै हो । न्यायाधीशहरुले जनताबाट उठेका करबाट तलब भक्ता खाएका छन् । बन्द प्रत्यक्षीकरणको समेत मुद्दा नहेरी कुनै पनि देशका न्यायाधीशहरुले तलब भक्त नलिएको हामीलाई थाहा छैन् । बन्दीहरुको र थुनुवाको मुद्दा नहेर्ने यो गलत भयो ।’

उनले आफूहरुले भोलिदेखि नै सर्वोच्च बार र बार परिसरभित्र बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्नेहरुको विरुद्धमा कालोपट्टी बाँधेर प्रदर्शन गर्ने बताएका छन् । उनले भने,‘त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशहरुको लागि कार्तिक १५ गते ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छौं, कार्तिक १६ गते न्यायाधीशहरुविरुद्ध अपहेलनाको मुद्दा अघि बढाउँछौं । त्यस्तै, १८ गते सार्वजनिक रुपमा सडक आन्दोलन गर्ने घोषणा गरेका छौं ।’

उनले नेपाल बार एशोसिएशनलाई कम्पनी र प्रा.ली. को रुपमा अघि बढाउन खोजिएको टिप्पणी गरे । उनले भने,‘नेपाल बार एशोसिएशनको आन्दोलन कथित हो । बन्दीको मुद्दा हेर्न हुँदैन भन्नेहरुको आन्दोलन हो । किनकी उनीहरुलाई सेटिङ र पार्टीबाट आउने पैसाले बुकेको छ। बार एशोसिएशनभित्रै बेन्च–बार समन्वय समिति छ, गोप्य रुपमा यो समिति किन राखियो ? रुद्र पोखरेलले पनि यसमा अस्ति ऋषिजीको प्राइम टिभीको कार्यक्रममा कुरा उठाउनुभएको छ, बेन्च–बार समन्वय समिति छ, यो सेटिङ समिति हो । बारको आन्दोलनको कुनै औचित्य छैन् ।’

उनले जिल्लाको न्यायाधीश बरु प्रधानन्यायाधीश हुन सक्ने व्यवस्था होस भन्ने धारणा राखे । उनले भने,‘बरिष्ठ अधिवक्ता हुन नपाएको कारण, न्यायाधीश हुन नपाएको कारण आन्दोलन गर्ने हो त ? हामीले जनताका माग उठाएका छौं । बन्दी प्रत्यक्षीकरण र थुनुवाईको मुद्दा नहेर्ने वकिलको भेषमा दलाल हो । नेपाल बारको तर्फबाट संघर्षका कार्यक्रम राखिएको छ । हामी बार र बारको नेतृत्वको विरुद्धमा अन्तर्राष्ट्रिय अदालतसम्म जान्छौं ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved