काठमाडौं। चितवनका भीमबहादुर विश्वकर्माको हत्यारालाई कारबाही गर्नुपर्ने भन्दै न्यायको लागि काठमाडौंको माईतीघरमा प्रदर्शन हुँदै आएको छ ।
हिजो भएको प्रदर्शनमा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सरिक भएका थिए ।
प्रदर्शनमा उत्रिएकाहरुले जातिय हिंसा अन्त्य गर, हत्यारालाई कारबाही गर लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।







