दाङ। नेकपा एमाले गढवा गाउँपालिका संगठन कमिटीको प्रथम अधिवेशन मंगलबार सर्बसम्मत नेतृत्व चयनसहित गढवामा सम्पन्न भएको छ । पार्टीका गढवा गाउँपालिका संगठन कमिटीका अध्यक्ष बाबुराम अधिकारकिो अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रदेश कमिटी सदस्य तथा प्रतिनिधिसभाका सांसद गंगा चौधरीले गरेकी थिइन् ।

अधिवेशनमा पार्टीका नवनिर्वाचित पदाधिकारीहरुलाई लुम्बिनी प्रदेश कमिटी सदस्य नारायण भुसाल, जिल्ला कमिटकिा सदस्य सहजराम यादव लगायत जिल्ला कमिटीका सदस्यहरुले बधाई तथा शुभकामना दिए थिए । सो अवसरमा गढवाका सामाजिक ब्यक्तित्व रेशमबहादुर शाही एमालेमा प्रबेश गरेका थिए । पार्टी प्रबेश गर्ने शाहीलाई सांसद गंगा चौधरीद्वारा अविर तथा खादा लगाएर सम्मान गरिएको थियो ।
