Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

टुटेफुटेकाे साना पार्टिहरुलाई एकीकृत गर्न जनजागरण पार्टि बाट राजिनामा दिएकाे हुँ – बिरबहादुर तामाङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 24, 2021
4.8K

जनजागरण पार्टी नेपालका सचिवालय समिति सदस्य तथा केन्द्रिय कोषाध्यक्ष बिरबहादुर तामाङले अकस्मात् पार्टिकाे साधारण सदस्यसमेत्त नरहने गरि राजिनामा दिए । केही दिन अघि AP मसिह पार्टि नेपाल सँग एकिकरणकाे चाँजाे मिलाउदै रहेकाे जनजागरण पार्टिमा मुख्य ब्यक्तिले पार्टि परित्याग गर्नुमा रहस्य के छ ? राष्ट्रिय मुलधारकाे राजनिति पार्टिहरु फुटेकाे सर्वब्यतितै रहेकाे अवस्थामा साना पार्टिहरबाट पनि मुख्य ब्यक्तिकाे राजिनामाले कतै अर्काे कुनै नयाँ शक्तिकाे रुपलिएर नयाँ पार्टि बनिरहेकाे छैन? प्रस्तुत छ यि र यस्तै बिषयमा सूचना चाैतारीका प्रधान सम्पादकले नेता बिरबहादुर तामाङसँग गरेकाे संवादकाे संपादित अंश-:

जनजागरण पार्टीको सबै पद र साधारण सदस्य समेत नरहेने गरि किन राजीनामा दिनुभयो,के पार्टिसँग बिचार नमिलेर हाे?

बिचार नमिलेर होइन तर आफ्नै जिम्मेवारीहरूलाई समय दिनुपर्ने, परिवारमा पनि समय दिनुपर्ने र अरू थप जिम्मेवारीहरू भएकोले पार्टीमा पद मात्र ओगटेर बस्न विवेकले दिएन त्यसैले मैले राजिनामा दिएकाे हुँ।

तपाईंले पार्टीको कामचाहिँ भ्याउँदिन भन्ने तर यो राजनैतिक समन्वय समितिको चाहिँ सँयोजक भएर काम गर्ने, छुट्टै पार्टी बनाउनत लाग्नाे भएकाे हैन?

धेरैसंघ संस्था तथा समाजसेवामा सम्मिलित भएकाे हुँ पार्टिलाई समयदिन नसकिने भएकाेले राजिनामा दिएकाे हुँ। यसकाे मतलव गलत नबुझनाेहाेस त्यस्तो कदापि होइन।

त्यसोभए यो राजनैतिक समन्वय समिती किन र के कालागि?

राजनैतिक समन्वय समिति मेरो स्वार्थी इच्छा र उद्देश्यले शुरू भएको होइन। राजनीति गर्दैजाँदा हामीले प्रतिनिधित्व गर्ने जनसमुहले एकतामा आउनुहोस् भनेर निरन्तर जनदबाब दिइरहेकोले एउटा पार्टीको जिम्मेवार पदमा रहेर त्यो काम गर्न नसकिने देखिएपछि एउटा निश्पक्ष संयन्त्र बनाएर एकताको निम्ति पहल गर्ने, साथै हाम्रा विभिन्न प्रतिनिधिमुलक संघसंस्था र अग्रजहरूले निष्पक्ष भएर एकताको कार्य गर्न सुझाव दिनुभएकोले हामीले राजनैतिक समन्वय समिति गठन गरेका हौं।

कुनै ब्यक्ति वा समुहले उचालेर समन्वय समिती गठनगरि भविस्यमा यसैलाई पार्टिकाे रुपमा पुर्णता दिउँ भनेर यस्तो गर्नुभएको भन्ने आरोप आइरहेको छ नि ?

म एउटा स्थिर राजनैतिक दर्शन बोकेर हिंडेको मान्छे कसैले उचालेर उचालिन र पछारेर पछारिने व्यक्ति होइन। यदि कसैले उचालेको छ भने मेरै राजनैतिक दर्शन र बोझले उचालेको चाहिँ स्वीकार्छु।

तपाईंको कदमले जनजागरण पार्टीलाई असर गर्ला त ?

गर्दैन। झन् सहयोग पुर्‍याउनेछ। पार्टीभित्र रहेर एकताको कदम चाल्न न किने देखिएपछि बाहिर रहेर नै पार्टीहरूबिच एकता वा सहकार्य गर्ने वातावरण मिलाउन सजिलो र समुदायका अग्रजहरूको सल्लाहले पनि यसो गरेका हौं। हामी कसैलाई बाधा,अप्ठेराे परिस्थिति बनाउनकाे लागि राजनैतिक समन्वय समिति गठन गरेको र अप्ठेराे परिस्थिति बनाउनकाे लागि राजनैतिक समन्वय समिति गठन गरेकाे पनि हैन तर सहयोग पुर्याउन जुटेकाे हाैँ ‍।

तपाईंले राजनैतिक प्रशिक्षण पनि दिने भन्नुभएको छ, समितीको संगठन पनि बढाउने भन्नुभएको छ! याे गतिविधिले समन्वयकाे काम गर्छ कि राजनिति? ?

त्यसो हैन, राजनीति भनेको केवल दलमा मात्र सिमित रहँदैन। समाजका अन्य तह र तप्काले पनि राजनीतिमा सक्रियता देखाइरहेका हुन्छन्। किनकि राजनीतिले नछुने कुनै कुरा नै छैन। हामीले नयाँ दल बनाउन राजनैतिक प्रशिक्षण र संगठन बिस्तार गर्न लागेका होइनौं। तर भविष्यमा एक हुन सक्ने पार्टीलाई मजबुत बनाउनको लागि यस्तो गर्नुपर्ने आवश्यकता देखेका हौं। यसको उद्देश्य नै एकजुट हुनु हो। हामीले समयको माग अनुसार राजनैतिक चेतना फैलाउने बेला पनि भएकै हो। यस्तो शुद्ध बिचारलाई अन्यथा लिनुहुँदैन।

नव गठित राजनैतिक समन्वय समितीको मुख्य उद्देश्यहरूचाहिँ के हुन् त? बताउनाेहाेस,कि छाेडेकाे पार्टि तथा तपाईंको सुभ चिन्तकाे जिज्ञासा छ।

पहिलाे कुरा यसले अल्पसंख्यक समुदाय र स- साना दलहरुलाई राजनैतिक तवरले एकतामा ल्याउने वा सहकार्य गर्ने गराउने काम गर्नेछ भने ठूला दलहरूसँग पनि आवश्यकता परे अनुसार समन्वय र तालमेल मिलाउने कार्य गर्दछ। त्यसको लागि मजबुत संगठनको जरुरत पर्ने हुनाले सबै प्रदेश र जिल्लाहरूमा सँगठन बिस्तार गर्दै जानेछौं। हामीले सँगठित भएर नै हामिले गुमाइरहेका राजनैतिक अधिकारहरूलाई पुनस्थापना गर्न सक्नेछौं। तसर्थ छरपस्ट साना राजनितिक पार्टिहरुकाे असल सहजकर्ताकाे भुमिकामा याे समन्वय समितिले काम गर्ने छ भन्ने बिश्वास दिलाउन चान्छु। धन्यवाद,

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved