नेकपा एमालेको कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल आमात्य स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । आइतबार एमाले र प्रतिष्ठानबीच सहमति भएसँगै एमाले कार्यालय थापाथलीबाट च्यासलमा सर्न लागेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
महासचिव पोखरेलले सहमति भएको तस्वीर पोष्ट गर्दै भनेका छन्
‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानका बीच आज महत्वपूर्ण समझदारी !! अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू यहीँबाट हुनेछन् …!’
