काठमाडौं । जनजागरण पार्टीका काेषाध्यक्ष बिरबहादुर तामाङले जनजागरण पार्टीकाे साधरण सदस्य समेत नरहनेगरी पार्टी अध्यक्ष बि.पि खनाल समक्ष राजिनामा पेश गरेकाे पत्रकार सम्मेलन मार्फत जानकारी दिए भने राजिनामा पत्र पढेर सुनाए।
उहाँले राजिनामाकाे कारण स्पष्टरुपमा नदिएपनि, जनजागरण पार्टीले आफूलाई काेषाध्यक्ष जस्ताे जिम्मेवारी पदमा राखि देश विदेशमा चिनिने माैका दिएकाेमा धन्यबाद दिदै,आफू अब नयाँ अभियानकाे साथ अगाडि बढ्ने बताए ।
पार्टिले पनि उक्त राजिनामा स्वीकृति गरिसकेकाे हुँदा अबकाे दिनमा कसरी अघि बढ्ने भन्ने बिषयमा स्पष्ट धारणना खलस्त नगरेपनि ख्रिष्टियन समुदायका पार्टिहरुलाई एकीकृत गरि समुदायकाे हितकाे लागि कार्य याेजना तयार गर्ने मनसाय तामाङकाे थियाे।
