Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शेरबहादुरले गरे अर्का शेरबहादुर सरकारको १०० दिनको समिक्षा,भन्छन १० नम्बर मात्रै दिन्छु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 20, 2021
3 shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पार्टी कार्यालयका सचिव, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले शेरबहादुर देउवाको सरकारको सय दिनको समिक्षा गर्दा आफूले १०० मा १० नम्बर मात्रै दिने बताए ।

रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको सय दिन पुगेको अवसरमा आज (बुधबार) आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले भने,‘यो सरकारले खासमा ८८ दिनमा मात्रै पूर्णता पायो । अहिले सय दिनभन्दापनि १२ दिनको हिसाब गर्नुपर्ला । यो सरकार हरेक क्षेत्रमा असफल छ । विकास निर्माणमा पनि फेलियर छ । मित्रराष्ट्रको सम्बन्धको हिसाबले धेरै गतिलो चालामाला देखिएको छैन् । ओली सरकारले बनाएका राजदूतहरु उहाँहरुले फिर्ता बोलाउनुभएको छ । चीनतिर सिमाना विवाद छ भनेर बिच्काईदिनुभएको छ । महाकाली नदीको तुईन प्रकरणमा सरकार एक शब्दपनि बोलेको छैन् । एमसीसीको बारेमा पनि सरकार स्पष्ट छैन् । हरेक फिल्डमा सरकार फेल छ ।’

उनले आफूले कनिकुथो गरेर सरकारको सय दिनको समिक्षामा नम्बर दिनुपर्दा १० नम्बर दिन सक्ने बताए । उनले आफूहरुले सदन अवरुद्ध नगरेको जिकिर गरे । उनले भने,‘पार्लियामेन्टमा हिजोको सरकारले ल्याएका विद्येयकहरु ल्याएको थियो । पार्लियामेन्टको पहिलो बैठकमा विद्येयकहरु प्रस्तुत गर्नुपर्दथ्यो । हामी त अहिले सामूहिक रुपमा आवाज उठाएका हौं । बरु सदन त सत्तापक्षले अवरोध गरिरहेको छ । जुन तरिकाले एमालेजतिको पहिलो दललाई विभाजन गर्नको लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याईयो, त्यो पनि पार्लियामेन्टको बैठक चल्दाचल्दै हठात् अधिवेशन अन्त्य गरेर अध्यादेश यो सरकारले ल्यायो । विभाजनअघि नै हामीले केही सांसद साथीहरुलाई कारबाही गरेका थियौं । तर, कारबाही सदर भएन ।’

उनले सदन सुचारु गर्नको लागि आफूहरु सत्तापक्षीय र प्रतिपक्षी भएर वार्ता गर्न तयार रहेको सुनाए । उनले भने,‘प्रधानमन्त्रीसँग वार्ता गर्न तयार छौं । हामी सदन खुलाउन तयार छौं । त्यही वार्ताबाट निश्कर्ष निस्किन्छ ।’ उनले अहिले नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया अघि बढ्दा र सभापति देउवाजी कमजोर हुन लागे भने देउवाले यो संसद् छिट्टै भंग गर्ने पनि दाबी गरे । उनले भने,‘देउवाजीले मुलुकलाई चलाउन सक्नुहुन्न, उहाँ टोटल फेलियर हुनुभयो । अब मुलुकको समय त बर्वाद गर्नु हुँदैन् । निर्वाचनतर्फ मुलुक जान्छ । तर, अझैपनि मुलुक राम्रोसँग चलाउनुहोस भन्ने हाम्रो शुभकामना छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved