काठमाडौँ, सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ ।
विमानस्थलको सबै क्षेत्रमा पानी पसेको विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले जानकारी दिए। ‘विमानस्थलको सम्पूर्ण क्षेत्र डुबानमा परको छ। हामी पनि बाढीपीडित बनेका छौँ,’ उनले भने, ‘
जसका कारण विमानस्थलको सेवा अवरुद्ध भएपछि उडान पनि प्रभावित भएको छ । वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध भएकाले आज उडान प्रभावित हुने बुद्ध एयरले जनाएको छ ।
बुधबार बिहानदेखि विमानस्थलमा खोलाको बाढी पसेको उनले बताए।
