Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पहिरोका कारण खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गाका यात्रु खुर्कोटमा अलपत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 20, 2021
[webverse_shares]

खोटाङ । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गाका यात्रु सिन्धुलीमा अलपत्र परेका छन् । विपि राजमार्ग अन्र्तगत सिन्धुली जिल्लाको खुर्कोटमा पहिरो गएर यातायात सेवा अवरुद्धहुँदा तीन जिल्लाका यात्रु खुर्कोटमा अलपत्र परेका हुन् ।

काठमाडौँबाट मङ्गलबार बिहान छुटेको सबै सवारी साधन सिन्धुलीस्थित खुर्कोटमा रोकिएका छन् भने भलबाढी र पहिरोका कारण गाडी रोकिँदा करिब पाँच हजार यात्रु बीच सडकमै अलपत्र परेका खोटाङ यातायात प्रालीका महासचीव रामकुमार हिङमाङले बताउनुभयो । तत्काल पहिरो हटाएर बिच सडकमा अलपत्र बनेका यात्रुको उद्धार गर्न सम्बन्धित निकायले पहल थाल्नुपर्ने यातायात प्रालीका महासचीव हिमाङको भनाई छ ।

सडकमा पहिरो खस्दा जिल्लाबाट काठमाडौँका लागि छुटेका सवारी साधन पनि बिच बाटोमै रोकिएका छन् भने यात्रुले विहानदेखि खाना खाएका छैनन् । निरन्तरको वर्षाका कारण सडकमा पहिरो खसेपछि करिब ४ सय भन्दा बढी सवारी साधन खुर्कोटमै रोकिएको सिन्धुलिका ट्राफिक प्रहरी इन्र्चाज प्रहरी नायब निरीक्षक कृष्णबहादुर क्षेत्रीले बताउनुभयो । वर्षात नरोकीएपछि पहिरोे हटाउन समस्या भएको बताइएको छ ।

सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपानेका अनुसार बिचबाटोमै अलपत्र परेका यात्रुलाई सुरक्षित स्थानमा सारिएको र सडकमा झरेको पहिरोलाई दुई वटा स्काभेटर र नेपाल प्रहरीको टोलीले हटाउने कार्य शुरु गरिसकेको छ ।

दुई दिनदेदेखि लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण दुई नगरपालिका र आठ गाउँपालिका रहेको खाेटाङ जिल्लाका अधिकांश ग्रामीण सकडसमेत अवरुद्ध बनेको छ । कच्ची अवस्थामा रहेको जिल्लाको सबै ग्रामीण सडक अवरुद्ध भएपछि आवतजावत तथा दैनिक उपभोग्य वस्तुसमेत ढुवानीमा समस्या आएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved