काठमाडौ । माईका नेपालकाे १३ औँ साधारणसभा ट्रिनिटि क्याफे ललितपुरमा एक विशेष कार्यक्रम गरि सम्पन्न भएकाे छ। छेजाप ल्हाेमिले संचालन गरेकाे उक्त कार्यक्रमकाे अध्यक्षता संस्थाका अध्यक्ष डा: कृष्णमान शाक्यले गरेका थिए ।
उक्त कार्यक्रममा उपस्थित महानुभावहरुलाई संस्थाका उपाध्यक्ष सबिना चाम्लिङले स्वागत मन्तब्यबाट स्वागत गरेका थिए।बिगदमा संस्थाले देसकाे विभिन्न तह,तप्का तथा समुदायलाई विभिन्न सिपमुलक, ज्ञानवर्दक र उद्धमसिल तालिम दिँदै आउँदा दशकाैँ बितिसकेकाे र जसबाट धेरै नागरिकहरुले याे संस्थाद्वारा आयाेजित तालिमबाट सेवा लिई आत्मनिर्भर भैसकेकाे र यस्ता सेवामुलक, सिपमुलक तालिमहरु अझै निरन्तर रहने बताउदै आगामि बर्षकाे बजेट तथा याेजना काे बिषयमा कार्यबाहक राष्ट्रिय संयाेजक यादव बुढाथाेकिले प्रष्ट पारेका थिए।
उक्त साधारण सभाबाट आगामि बर्षकाेलागि नाै सदस्यिय समिति समेत गठन गरेकाे छ। जसमा -:
अध्यक्ष : कृष्णमान शाक्य
उपाध्यक्ष: मुकुन्द कुमार शर्मा
माहासचिव: सुवास प्रधान “माईका नेपाल”
काेषाध्यक्ष: बिमला गायक
सदस्यहरुमा -: सबिना चाम्लिङ,उमा मगर,किश्वर महर्जन, छेजाप ल्हाेमी र राजेन्द्र घाेरासैनि रहेका छन् ।
उक्त नवगठित समितिकाे कार्यअवधि ३ बर्ष रहने र उक्त ३ बर्षमा संचानल हुने बिविध ब्यवसायिक तालिमबाट पनि बिगदबर्षहरुमा झैँ धेरै ब्यक्तिहरुले लाभलिन सक्ने बताउँदै अध्यक्ष शाक्यले कार्यक्रमकाे समापन गरेका थिए।
