Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कपिलवस्तुमा असोज महिनामा ४४ अपराधका घटना दर्ता ,प्रहरी कारबाहीबाट ३ करोड राजस्व संकलन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 19, 2021
27 shares

कपिलवस्तुमा असोज महिनामा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा ४४ वटा अपराधका घटना दर्ता भएका छन् । २१ वटा मुद्दाका आरोपीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान पुरा गरेको छ । २३ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले बताए ।

असोजमा कपिलवस्तु प्रहरीले पेन्डिङमा रहेका पुराना ३९ वटा मुद्दा फर्स्योट गरेको छ । प्रहरीको सक्रियताका कारण कपिलवस्तुमा असोजमा ३ करोड १ लाख राजस्व संकलन गरिएको छ । प्रहरीले भदौ महिनामा ८० लाख राजस्व संकलन गरेको थियो । चोरी तस्करी नियन्त्रण गर्न कार्ययोजना बनाएर कपिलवस्तु प्रहरीले अपरेशन सञ्चालन गरेको बताइएको छ । गत वर्ष असोजमा कपिलवस्तु प्रहरीले ६६ लाख ६८ हजार राजस्व संकलन गरेका थियो ।
असोजमा ४८ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये २० वर्षदेखि फरार रहेका ३ जनालाई पक्राउ गरिएको छ ।

७ महिनामा बालकको उद्धार
कपिलवस्तुबाट हराएका १४ वर्षीय बालकलाई प्रहरीले ७ महिनामा उद्दार गरेर परिवारको जिम्मा लगाएको छ । २०७७ फागुन २९ देखी हराएका कपिलवस्तु नगरपालिका–३ घर भएका रामबिक्रम तेलीको १४ वर्षीय छोरा काशीराम तेलीलाई भारतको मुम्बईबाट उद्धार गरिएको डिएसपी भण्डारीले बताए ।

‘संयुक्त नेपाली महासंघ मुम्बई’ सँग समन्वय गरेर असोज २६ मा बालकलाई कपिलवस्तु ल्याएर प्रहरीले परिवारको जिम्मा लगाएको थियो । बुद्धभूमि नगरपालिका–९ धमौलीका जीवनप्रसाद भुसाललाई अवैध हुन्डीको २२ लाख ९१ हजारसहित पक्राउ गरेको थियो । २२ वर्षीय भुसाललाई असोज १७ मा पक्राउ गरिएको थियो ।

लागुऔषध खैरो हेरोइन कारोबार गर्ने ३ जनालाई प्रहरीले असोज महिनामा पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय पिपराको टोलीले असोज ६ मा झापा घर भएका सलिम थापामगर र मोरङ घर भएका विनोद लामालाई १३ दशमलव ९३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।

ईलाका प्रहरी कार्यालय पकडीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले असोज २२ मा शुद्धोधन गाउँपालिका घर भएका नियाज महमद मुसलमानलाई ११ दशमलव ५ सय ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । असोज महिनामा कपिलवस्तु प्रहरीले अपराधमा संलग्न ३९ जना आरोपीलाई पक्राउ गरेको थियो । ८ जना फरार भएको र उनीहरुको खोजी भइरहेको डिएसपी धर्मराज भण्डारीले बताए । Ratopati.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved