Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भिमबहादुर विकको हत्या, जातीय कारण कि अन्य ? (भिडिओ शाहीत)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 19, 2021
72 shares

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा महानवमीका दिन दुई युवाको कुटाइबाट स्थानीय भिमबहादुर विकको मृत्यु भयो । कुटपिटमा संलग्न ४० वर्षीय सिताराम बस्नेत र ३६ वर्षीय दिलिप श्रेष्ठलाई प्रहरीले सोही दिन पक्राउ गरिसकेको छ ।

विकले मादक पदार्थ सेवन गरी चोकमा अपशब्दसहित हो–हल्ला गरेपछि उनीमाथि आक्रमण भएको प्रारम्भिक रिपोर्ट आएको प्रहरीले जनाएको छ । तर दलित समुदायका विभिन्न संघ–संस्थाले भने जातीय विभेदजन्य कारणबाट घटना भएको भन्दै न्यायको माग गरेका छन् । मृतक विक दुर्गा मन्दिरमा गएका बेला स्थानीय दुई पुरुषले कुटपिट गरेको उनीहरुको दावी छ ।

प्रहरीका अनुसार बस्नेतले पाइपले र पल्लवी फार्मेसीका सञ्चालक दिलिप श्रेष्ठले मुक्का हानेपछि उनी पीच सडकमा ढल्न पुगेका थिए । टाउकोमा चोट लागेका भीमबहादुरलाई चितवन मेडिकल कलेजले मृत घोषणा गरेको थियो ।

घटना जातिय विभेद तथा मन्दिरको विषयमा नभएको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरीका प्रवक्ता तथा डिएसपी सूर्यबहादुर थापाले घटनाबारे थप अनुसन्धान भैरहेको बताए ।

‘हालसम्म जातिय विभेद र मन्दिरकै विषयमा यो घटना भएको देखिदैन,’ उनले भने, ‘हामी अनुसन्धानकै क्रममा छौँ ।’

मृतक भीमबहादुरले मादक पदार्थ सेवन गरी अपशब्द बोल्दै होहल्ला गरी हिँडेको अवस्थामा उनीमाथि कुटपिट भएको पाइएको थापाले जानकारी दिए ।

‘सिताराम बस्नेतले प्लाष्टिकको पाइपले दुईपटक हानेर घर जा भनेका रहेछन्, त्यसपछि फेरि फार्मेसीमा गएर होहल्ला गरेपछि दिलिप श्रेष्ठले थप्पड हानेछन्,’ उनले भने, ‘पीच बाटोमा ढलेर टाउकोमा चोट लागेपछि उनैले अस्पताल पनि ल्याएको देखिन्छ ।’

कुटपिटमा संलग्नहरुलाई हिरासतमा राखेर घटनाको सुक्ष्म अध्ययन भइरहेको उनले जानकारी दिए ।

‘देख्ने मान्छेहरुसँग प्रारम्भिक रुपमा बुझ्दा जातको कुरालाई लिएर वा मन्दिरमा पस्न नदिएको कारण घटना भएको भन्ने आएको छैन,’ थापाले भने ।

भरतपुर अस्पतालमा मृतकको शव पोष्टमार्टम गरिएको छ । अस्पतालले दिएको पोष्टमार्टम रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छैन । मृतकका आफन्तहरुले पनि शव बुझेका छैनन् ।

मृतकका आफन्तले जाहेरी दिएपछि प्रहरीले घटना भएकै दिन दुई जनालाई नियन्त्रणमा लिएको हो । चोकको एक पसलमा राखिएको सिसी क्यामराको फुटेज हेरेर थप अनुसन्धान गरिने प्रवक्ता थापा बताउँछन् । पसल सञ्चालक दसैं बिदामा गएकाले उनी आएपछि मात्रै फुटेज हेर्ने उनले बताए ।

‘एउटा पसलमा सिसी क्यामरा राखेको रहेछ । त्यसले घटनाको दृश्य कभरेज गरेको छ कि छैन हेर्नुपर्छ । अब पसल सञ्चालक आएपछि मात्रै त्यो हेर्न सकिन्छ,’ उनले भने ।

स्थानीय दलित समुदायका एक अगुवाका अनुसार मृतक विकले यसअघि पनि मदिरा सेवन गरी हो–हल्ला गर्ने गर्थे । जातका आधारमा कुटपिट नभएको र कुटपिट गर्नेहरूमा मार्ने नियत पनि नदेखिएको उनले बताए ।

‘घटनाका हिसाबले उनीहरूको मार्ने नियत होइन । जातीय छुवाछुतको गुन्जायस पनि देख्दिन । दलितवादीले अर्कैतर्फ केन्द्रित गर्न खोजे,’ उनले भने ।

दुर्गा चोकबाट करिब तीन सय मिटर दक्षिणतर्फ मृतक विकको घर छ । उनको श्रीमती, एक छोरा र तीन छोरी छन् । छोराले पेन्टिङको काम गर्दै आएका छन् । छोरीहरूको विवाह भइसकेको छ । मृतक विक स्थानीय पुराना बासिन्दा हुन् ।

प्रहरी स्रोतका अनुसार जातीय भेदभाव तथा छुवाछुत कसुरअन्तर्गत मुद्धा दायर भएको छैन । ज्यान कसुरअन्र्तगत भीमबहादुरका छोरा किसानले दुईजना विरुद्ध किटानी जाहेरी दिएका छन् । दसैँ विदालगत्तै अदालतमा घटनासँग सम्बन्धित व्यक्तिहरुबाट बयान लिने काम हुने जनाइएको छ ।

अधिकारकर्मी भन्छन्ः जातीय कारण नै हो

घटनाको निष्पक्ष छानविन गर्न दलित संघ–संगठन तथा अधिकारकर्मीहरुले माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय छेउकै प्रतिक्षालयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले जातीय विभेदकै निहुँमा भएको घटनालाई दबाउने प्रयास गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

१९ वटा दलित संघसंगठन तथा अधिकारकर्मीले संयुक्त पत्रकार सम्मेलन गर्दै भीमबहादुरको हत्यामा संलग्नलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरे ।

नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ती परियारले पीडित परिवारको न्यायका लागि सबै दलसँग आवद्ध दलित संघसंगठनहरु एक्यवद्ध भएर लाग्ने बताइन् ।

‘परिवारले उचित क्षतिपूर्ति पाउनुपर्छ, दोषिलाई कानुनी दायरमा ल्याउनुपर्छ,’ उनले भनिन्, ‘न्याय नपाउँदासम्म लडिरहन्छौँ ।’

नेपाल दलित मुक्ति मोर्चाका संरक्षक रणेन्द्र बरालीले दलितले बोकाको बली दिन पाउने कि नपाउने भन्दै सोध्दा पिट्दै खेदिएको आरोप लगाए । ‘जातिय विभेदकै कारण उनीमाथि आक्रमण भएको छ, पिट्दै खेदेका थिए, मुक्का पनि हाने,’ उनले भने, ‘त्यसपछि उनी बेहोस बने, ज्यानै गुम्यो, पीडित परिवारले न्याय पाउनुपर्छ ।’

भीमबहादुरका २८ वर्षिय छोरा किसानले गरिब तथा दलित भएकै कारण बुबामाथि कुटपिट भएको दुखेसो गरे ।

‘मन्दिरमा पुजा गर्न पाउनुपर्छ भन्दा कुटपिट भएछ,’ उनले भने, ‘सोधेकै भरमा त्यसरी पिट्नुपर्ने कारण के थियो, सत्य तथ्य छानविन होस् ।’

घटना गुपचुप बनाउन पोष्टमार्टम रिर्पोट आउन समेत ढिलाई भएको उनको आरोप छ ।

‘पाँच दिन भयो, अझै रिपोर्ट आएन, घटनास्थलको सीसीटिभी फुटेज पनि देखाइएन,’ उनी भन्छन्, ‘रक्सीले मात्तिएर ढलेर मर्‍यो भन्न पो हो कि ?’

 

www.nepalpress.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved