सल्यान । सल्यानकाे श्रीनगरबाट झिम्पेतिर गैरहेको बस लैंशेखोला नजिकै आज दिउँसो करिब ४.०० बजेतिर भएको दूर्घटनामा परेकाेछ। दुर्घटनामा परि चार ब्चासहित एघारजना जना घाईते भएकाे जनाएकाे छ।
छत्रेश्वरी गाउँपालिका -३, मूलखोला-चैवाङ्ग झिम्पे निवासी घाईतेहरुको सल्यान श्रीनगर स्थित कर्णाली अस्पतालमा उपचार प्रक्रिया शुरु भएको र रिपोर्टपछि यहाॅ उपचार हुन नसक्ने घाईतेहरुलाई बाहिर रिफर गरिने अस्पताल प्रमुख गंगाराम डिसीलाई उदृत गर्दै सल्यानका संसद तथा पुर्व सामान्य प्रसासन मन्त्रि टेकबहादु बस्नेतले जानकारि गराएका छन्।
साे दुर्घटनामा परि घाइते भएका घाईतेहरु-
हुडिषा दाहाल,
जीमा पुन सहित १ बच्चा,
छहरा बस्नेत/वली,
संगीता केसी/डाँगी सहित १ बच्चा,
कविता रावत/वली सहित १ बच्चा,
विमला केसी सहित १ बच्चा,
मोहनलाल खड्का
रहेका छन् भने पूरा समाचार आउन बाँकि छ,
