दाङ।नेकपा एमाले राप्ती गापँपालिका १ नम्मर वडाद्वारा दशैँ,तिहार तथा नेपाल सम्बत र छठपर्बकाे शुभकामना आदानप्रदान तथा मिलन कार्यक्रम सम्पन्न गरेकाे छ।
कार्यक्रममा माओवादि ,नेपाली काँग्रेस तथा जनमाेर्चा बाट सयाैँकाे
संख्यामा एमालेमा प्रवेश गरेका छन्। सत्तासमिकरणमा संलग्न गठबन्धनका राजनितिक दलहरुले एमालेका बिरुद्द अनेकाैँ प्रचारबाजि गरिरहँदा देसकाे विभिन्न जिल्लाहरुमा अन्य पार्टिहरु परित्याग गरि एमालेमा प्रवेश गर्नेकाे माहाेलनै चलिरहेकाे भन्नमा दुईमत देखिन्न।
राजधानि काठमाडौंमा विभिन्न जिल्ला सम्पर्क मञ्च तथा पार्टिकाे भातृसंगठनहरु द्वारा गरिएका शुभकामना आदान प्रदान कार्यक्रमहरुमा पनि एमाले प्रवेशकाे लहरनै चलेकाे थियाे भने साे क्रम याे दशैँकाे मध्यसमय सम्मपनि निरन्तर रहेकाे छ।
कार्यक्रममा एमाले संसद गंगा थारुले भुमिहिन सुकुम्बासीकाे मुद्दालाई पाखामा राखेर उनिहरुकाे माग पूरा गर्नकाे सट्टा उल्टै सुकुम्बासीमाथि गठबन्धन सरकार दमनमा उत्रियकाेले सुकुम्बासीलाई नागरिककाे स्थान दिनमा याे सरकार गैर जिम्मेवार भएकाे बताईन्। कार्यक्रममा लुम्बिनि प्रदेशका पुर्व प्रमुख संकर पाेखरेल, संसद शान्ता चाैधरिलगाएत एमाले नेताहरुकाे उल्लेख्य उपस्थित रहेकाे उक्त कार्यक्रममा पार्टिभित्र विभिन्न परिस्थितिका बावजुद पार्टिभित्र आफुहरु जस्ता देस र जनताकाे निम्ति साहसिक निर्णय र साहसिक अडानलिन सक्ने ब्यक्तिहरुलाई थाम्न सक्ने हिम्मत नभएकाे कारण एमालेले यस्ता मानिसहरु अटाउने पार्टि एमाले मात्र रहेकाे भन्दै सयाैँकाे संख्यामा पार्टि प्रवेश गरेका हुन्।
