मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकामा गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । साथै घटनाबारे थप विवरण आइसकेको छैन ।
- September 29, 2026
