देशमा करिब २० प्रतिसत दलित बनाइएको शिल्पी समुदायको शिक्षा क्षेत्रमा विशेष काम गर्दै आएको सरकारी निकाय उपेक्षित उत्पिडित दलित वर्ग उत्थान बिकास समिति (दलित बिकाश समिति) केपी शर्मा वली नेतृत्व सरकारले निष्क्रिय बनाइ शिल्पी समुदायको हकहितको विरुद्धमा लागेको आरोप लगाउदै समिति लाई सक्रिय बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई अनुरोध गरेको छ।
जसपा नेपालका केन्द्रिय कार्यकारी सदस्य समेत रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाइ आज मन्त्रालयको सभाहलमा प्रत्यक्ष भेटघाट गरि नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिने क्रममा जसपाका केन्द्रिय सदस्य तथा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीको टिमले सो कुराको माग राखेको अध्यक्ष दलमर्दन कामीले जानकारी गराए ।
जसपा नेपालको अवधारणा अनुसार पार्टीले १०+१ प्रदेशको संरचना अंतरगत शिल्पी विशेष प्रदेशको संरचना रहेको उक्त समितिले नव नियुक्त मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिने क्रममा समितिका तर्फबाट अध्यक्ष दलमर्दन कामिले निम्न ५ बुदे माग राखेको समितिका मुख्यसचिव डिबी नेपाली बताए ।
समितिले राखेको मागहरुमा १,नेपाल सरकार अन्तर्गतको उपेक्षित उत्पिडित दलित वर्ग उत्थान बिकास समिति लाई पुर्णता दिइ सक्रिय गराउन ।
२, नेपाल सरकार अन्तर्गत को राष्ट्रिय वादि समुदाय उत्थान बिकास समितिलाई पुर्णता दिइ सक्रिय गराउन३,शिल्पी/ दलित समुदायको आर्थिक, सामजिक र शैक्षिक बिकासको लागि एउटा शक्तिशाली निकाय बनाउन।४,राज्यका विभिन्न निकाय तहमा राजनितीक नियुक्ती हुदा त्यहा शिल्पी/दलित समुदायको सहभागिता मुलक उपस्थिती शुनिस्चित गर्न ।५, शिल्पी/ दलित समुदायको विभिन्न सवाल हरुलाइ सम्बोधन गर्न बजेट बिनियोजित गर्न पहल गर्न गराउन आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको कार्यलय सिंहदरबारमा मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ संग माग राखेको हो।
उक्त माग प्रती मन्त्री श्रेष्ठले सकारात्मक रहेको आफू सक्त लाग्ने कुराको प्रतिवद्दता रहेको भनी सहभागि नेताहरुलाइ आस्वस्त पारेको कुरा सहभागी नेता केशव बादी नेपाली बताए ।
